चैत, काठमाडौं ।

नेपाली म्युजीक बिधासँग सम्बन्धित अवार्ड ‘नेपाल म्युजीक अवार्ड २०७५’को मनोनयनमा पर्न सफल ३८ बिधाका उत्कृष्ट पाँच श्रृष्टाहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । शनिबार राजधानीको पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा एक कार्यक्रमको आयोजना गर्दै जम्मा १ सय ९० मनोनितलाई प्रमाणपत्र बितरण गरिएको हो ।

आउँदो बर्ष (०७५)को बैशाख १५ गते प्रदान गरिने यो अवार्ड आयोजना हुँदै आएका म्युजीक सम्बिन्ध अन्य अवार्ड भन्दा पृथक रहेको आयोजक चाहाना मिडियाले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष सहदेव कोइरालाले प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै निष्पक्ष ढंगबाट अवार्ड प्रदान गर्न लागिएको बताए । उनले नेपालमा पहिलो पटक अनलाइन भोटिङ सिस्टमलाई पनि यो अवार्डबाट शुरु गरिएको बताए । अनलाइन भोटिङमा आएका दुबिधाका प्रश्नहरुको उत्तर दिँदै कोइराला भन्छन्– ‘अनलाइनबाट भोट गर्दा एकैब्यक्तिलाई धेरैपटक भोट गर्न मिल्दैन, सिस्टममा सबैकुराको अध्ययनपटि मात्र हामीले यो निर्णय गरेका हौं, अनलाइन भोटिङपनि प्रभावकारी रहनेछ ।’

कार्यक्रमका प्रमुख अतिथि तथा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्काले अवार्ड निष्पक्ष हुनुपर्ने बताए । उनले यो अवार्डले बास्तविक श्रृष्टलाई न्याय मिलोस् भन्दै आयोजक टीमलाई शुभकामना दिएका थिए । यस्तै बरिष्ठ संगीतकार टीका भण्डारीले बिगतका दिनहरुमा रेडियो नेपालले प्रदान गरेका अवार्डहरुबाट पनि धेरैकुरा सिक्नुपर्ने बताए । उनले रेडियो नेपालले कुन तरिकाले अवार्ड दिँदै आएको छ त्यो कुरालाई नियालेर अगाडि बढ्दा पनि अवार्ड विवादनमा नपर्ने बताए ।

कार्यक्रममा प्रमाणपत्र बुझ्ने कलाकारहरुको उपस्थिती कम देखिन्थ्यो । प्रमाणपत्र बुझ्न निर्देशक शंकर बिसी, प्रकाश भट्ट, कपिल लामा, उमेश गुरुङ, बिक्रम चौहान, मोडल महेन्द्र गौतम, बिमल अधिकारी, ध्रुब हिमाली, गायिका पुर्णकला बिसी, भुमिका गिरी, संगीतकार सन्तोष श्रेष्ठ लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो । प्रमाणपत्र बुझ्न लोक तथा दोहोरी गीतक्षेत्रका कलाकारहरुको उपस्थिती बढी देखिन्थ्यो ।

समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।

४ चैत्र २०७४, आईतवार ०३:४१