‘उही खोलीको पानी’को लोकक्षेत्रमै सर्वाधिक भ्युज, टीमले काट्यो केक

आर्टिष्ट खबर/चैत,काठमाडौं ।

नेपाली लोक तथा दोहोरीगीतको क्षेत्रमै युट्युवमा सर्वाधिक भ्युज कमाएको ‘उही खोलीको पानी’ बोलको गीत टीमले खुसियाली मनाएको छ । युट्युवमा ५० लाख बढी म्युज कमाएको उपलक्ष्यमा आइतबार राजधानीको रोधिक्लबमा टीमले केक काटेको हो । गीतलाई ब्रोदर्स इन्टरटेन्मेन्ट क्रिएसनले बजारमा ल्याएको हो भने गायक राजन गुरुङकै नाममा १५ नोभेम्बर २०१६ मा युट्यवमा अपलोड गरिएको थियो । उक्त सेलिब्रेशन कार्यक्रममा नेपाली लोकगीतक्षेत्रका थुप्रै चर्चित श्रृष्टाहरुको उपस्थिती देखिन्थ्यो ।

गीतका संगीतकार तथा मोडल बसन्त थापाले मौलिकता अंगालेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश गीतका लागी कार्यक्रमको आयोजना गरेको बताए । यस्तै गायक गुरुङले दर्शक तथा श्रोताको मायाले आफुलाई थप उत्साह मिलेको बताए । कार्यक्रमका प्रमुख अतिथि तथा लोकसंगीतको छेत्रमा योगदान दिँदैआएका र हाल अमेरिका बस्दै आएका गायक प्रेमराजा महतले संस्कृति बचाउने गीतले धेरै चर्चाकमाएको देख्दा निकै खुसी लागेको बताए । ‘धेरै जसो कलाकारहरुले नेपाली लोकगीत संगीतमा आफ्नोपन गुमाउँदै गएका छन्, अव संस्कृति बचाउने कर्तब्य उनीहरुको काँधमा आएको छ ।’, महतले भने ।

कार्यक्रममा नेपाली लोक तथा दोहोरीगीत क्षेत्रका कलाकारहरु बद्री पंगेनी, कृष्ण गुरुङ, रामजी खाँण, मिलन लामा, मन्जु पौडेल, राजु ढकाल, चन्द्र शर्मा, एकनारायण भण्डारी, मन्जु पौडेल, भुमिका गिरी लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा उपस्थित कलाकारहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै कम्पनिका आइटी म्यानेजर राजेन्द्र अर्याललाई सम्मान गरिएको थियो ।

गीतमा राजन गुरुङ र देवी घर्तीको स्वर छ भने केशव पौडेलको शब्द, बसन्त थापाले संगीत भरेका छन् । गीतको भिडियोमा राजन गुरुङ, रश्मि तामांग, बसन्त थापा र करिश्मा ढकालको अभिनय छ ।

संगीतकारलाई ५० हजार रोयल्टि

गीतसँग सम्बन्धित सम्पुर्ण कलाकारहरुलाई रोयल्टि पनि बाडिएको थियो  । गीत पुर्णबन्नका लागी सबैकलाकारहरुको उत्तिकै भुमिका रहेको बन्दै गीतमा स्वर, शब्द, संगीत तथा अभिनय गर्ने सबैकलाकारलाई युट्युवबाट भएको आम्दानीको आधारमा रोयल्टि बाडिएको थियो । जसमध्ये गीतका संगीतकार बसन्त थापालाई ५० हजार रुपैंयाको चेक समेत हस्तान्तरण गरिएको थियो ।

गीतको भिडियो: