तेज राई बने खोटाङ आईडल

चैत, खोटाङ ।

‘खोटाङ आईडल’को उपाधी तेज राईले जितेका छन् । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका १६ बर्षिय राईले उपाधि जितेसँगै ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । साथै उनले ६ महिना संगीत कोर्ष, एक गीत रेर्कडीङ गर्ने मौका पाएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविको प्राङगणमा शनिबार भएको जिल्लाब्यापी खुल्ला एकल गायन प्रतियोगिताको ग्राण्ड फिनालेमा उत्कृष्ट प्र्रफमेन्स शो गरेका राई माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलमा कक्षा–९ मा अध्ययनरत छन् । दिपु्रङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका २३ बर्षिय रोहित चाम्लिङ फस्ट रनरअप, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २३ बर्षिय अमिता राई दोश्रो रनरअप, केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका १८ बर्षिय सुमन राई तेश्रो रनरअप, भएका छन् ।

खोटेहाङ गाउँपालिका–१ सिम्पानीकी २१ बर्षिय दिपा राई खोटाङ आईडलमा सान्त्वना भएकी छन् । आईडलको पहिलोे रनरअपले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष, दोश्रो रनरअपले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ तथा तेश्रो रनरअपले नगद २४ सय ७४ हजार र सान्त्वनाले पाँच हजार नगद पाएका कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।

‘गला र कलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले गत मंसिर २३ बाट शुरु गरेको आईडलको ग्राण्ड फिनालेको गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक तथा सुंगीतकार भीमसेना राई, गायक आशिष ताम्राकारले जजमेन गरेका थिए । आयोजक १०, भोट ४० र निर्णायक मत ५० राखेर ग्राण्ड फिनालेको नतिजा घोषणा गरिएको थियो ।

ग्राण्ड फिनालेबाट आईडल बनेका तेजलाई कार्यक्रमका प्रमुख सल्लाहाकार दिपक ठटालले पुरस्कार हस्तान्तरण गरेका थिए । नेपाल आईडलका टपआठ उल्सन श्रेष्ठ, गायक रेवत राईले स्टेज तताएको थियो ।

(हिमालय टाइम्सबाट)