पोष्टरमा हेर्नुस् ‘नेप्टे’

चैत, काठमाडौं ।

यहि चैत ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘नेप्टे’ पोष्टर सार्वजनिक गरिएको छ । यसअघि चलचित्र टिमले ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको दुई गीत र चलचित्रको ट्रेलर सार्वजनिक गरिसकेको छ । अहिले सार्वजनिक तीन पोष्टरमा चलचित्रका सबैजसो कलाकार अटाएका छन् ।  रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारहरु पोष्टरमा देखिएका छन् ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा किरण माइकलको पटकथा एवं संवाद छ भने रोहित आफैंले चलचित्रको कथा लेखेका हुन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।  चलचित्रमा सन्तोष राज . बाबु बोगटी ,ओम सुनारको संगीत रहेको छ  ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ’किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । अभिनेता जय किशन बस्नेतलाई चलचित्रमा केमियो गर्दै गरेको देख्न सकिनेछ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया खलनायक बनेका छन् ।