आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आउँदो जेठ १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘भैरे’को दोस्रो गीत सार्वजनकि गरिएको छ । ‘सनम माया लाको’ बोलको गीतमा चलचित्रका मूख्य कलाकार दयाहाङ राई र सुरक्षा पन्तको गज्जबको नृत्य देखिन्छ । सार्वजनिक गीतमा यम बराल र अन्जु पन्तको स्वर छ ।

गीत सार्वजनिक कार्यक्रममा चलचित्रका नायक दयाहाङ राई र नायिका सुरक्षा पन्तले गीतको छायांकनको बेलामा भोगेका तितामिठा पलहरु सम्झिए । साथै अपर मुस्ताङमा लेक लाग्दाको पिडालाई दयाले मज्जैले सुनाए । ‘त्यो समय मैले कहिल्यै भुल्न सक्दिन । अपर मुस्ताङमा बाट सुसाङ भन्ने ठाउँसम्म झर्नका लागी निकै गाह्रो भयो । आठ घण्टाको बाटो गाडीमा आउनुपथ्र्यो निकै मुस्किल भयो ।’, दयाले भने । यस्तै नायिका सुरक्षाले पनि दयाहाङसँग नृत्य गर्ने चाहाना पुरा भएको बताइन् । साथै उनले आफ्नो चलचित्र भित्रको पहिलो नृत्य भएकोले पनि निकै खुसी लागेको बताइन् ।

निर्देशक एभरेष्ट सुर्य बोहराले गीतको छायांकनको क्रममा कलाकारहरुको राम्रो साथले भिडियो राम्रो बनेको बताए । ‘चलचित्रको सम्पुर्ण टीमले निकै मेहनत गर्नुभएको थियो त्यसैले भिडियो राम्रो बन्यो, सबैलाई धन्यवाद दिन्छु ।’, बोहराले भने । यस्तै उनले अपर मुस्ताङको मौसम अत्यधिक चिसो भएकोले सबैगीत त्यस ठाउँमा खिच्न नसकेको बताए । ‘हामीले गीतको भिडियो सबै माथिनै गर्ने सोचमा थियौं तर त्यो ठाउँमा मौसमले यति गाह्रो बनायो कि हामी एकछिन पनि उभिन सक्दैनथ्यौं । त्यसैले केहि सिन माथि गरेर अन्य तल सहज ठाउँमा गर्नुप¥यो ।’, उनले थपे ।

यस्तै गीतका गायक यम बराललाई सञ्चारकर्मिहरुको निर्देशकसँगको सम्बन्ध चिसिएको हो भन्ने प्रश्नमा उनले सम्बन्धमा कहिले काँही तलमाथि हुने बताए । ‘सम्बन्ध सबैसँग सधैं एकैनाथको नहुन सक्छ, तर अहिले सुर्य दाई र मेरो सम्बन्ध निकै राम्रो छ । म यो चलचित्रको सहनिर्माता हुँ भन्दा हुन्छ, चलचित्रको परिकल्पना गर्दा देखीनै म सँगै छु ।’, बरालले भने ।

चलचित्रको यसअघि पहिलो गीतको रुपमा ‘सान्नानी’ बोलको गीत सार्वजनिक भइसकेको छ । भिडियोलाई युट्युवमा १० लाख बढी पटक हेरिएको छ भने राम्रो प्रतिक्रिया पनि आएको छ । गीतमा बसन्त सापकोटा र मेलिना राईको स्वर छ ।

चलचित्रमा दयाहाङ र सुरक्षासँगै, बुद्धि तामाङ, बर्षा सिवाकोटीको पनि मुख्य भूमिका छ । बनिष शाहको सम्पादन रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रमा प्रेम प्रसाद पौडेल, देविमाया अधिकारी निर्माता हुन् भने लेख बहादुर पुन कार्यकारी निर्माता हुन् ।

video: