डि सिने अवार्डः चलचित्र दर्ताको आव्हान

चैत, काठमाडौं ।

‘डि’ सिने अवार्ड २०७५ को दशौं संस्करणका लागि चलचित्रहरुको औपचारिक दर्ता आव्हान गरिएको छ । आउँदो जेठको दोश्रो सातामा आयोजना गरिने गरी ०७४ को बैशाख १ देखी चैत्र ३० सम्म सार्बजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रका लागि दर्ताको आव्हान गरिएको हो ।

उपत्यका बाहिर समेत आयोजना गरिने नेपालको एकमात्र अवार्ड डि सिने अवार्डलाई यसपटक भने काठमाडौंमा आयोजना गर्न लागिएको संयोजक मणीराज गौतमले बताए । आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियका अनुसार दुई वर्ष लगातार उपत्यका बाहिर गरिएपछि यस पटक भने काठमाडौंमा आयोजना गरिन लागेको उनले बताए । लगातार दुई वर्ष उपत्यका बाहिर र त्यसपछिको वर्ष काठमाडौंमा गरिने क्रम जारी रहने पनि उनले बताए ।

खासगरी डिजीटल प्रविधिमा निर्माण भएका चलचित्रलाई प्रोत्साहित गरी नेपाली चलचित्रमा प्राविधिक गुणस्तरको बृद्धिमा सघाउ पु¥याउने उद्देश्यले डि सिने अवार्डको स्थापना २०६६ मा भएको थियो । प्रविधिको विकाशसँगै डि सिने अवार्डको लक्ष्य अनुसार सबै नेपाली चलचित्र डिजिटलमा बन्न थालेको पनि ४÷५ वर्ष भैसकेको छ । लगानी बढाउन सकिदैन भने प्रविधि र प्रस्तुतिमा जोड दिनुपर्छ भन्ने डि सिने अवार्डले मान्यता बोकेको अध्यक्ष प्रियले बताए ।

प्रतिक्षित एवं प्रतिष्ठित अवार्डको मान्यता बोकेको डि सिने अवार्डको दर्ता समय चैत्र महिनामा तोकीएको छ । अवार्डलाई अझै भव्य, सभ्य एवं सुसंस्कृत बनाउँदै डि सिने अवार्डको दशौं संस्करण जेष्ठको दोश्रो साता काठमाडौंमै आयोजना गरिने पनि छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।

यस अवार्ड पहिलो, दोश्रो र तेश्रो राष्ट्रिय नाँचघर जमलमा, चौथो, पाचौं र छैठौं नेपाल एकेडेमी कमलादीमा, सातौं कार्की वैंकेट ववरमहलमा, आठौं संस्करण ग्राण्ड होटल पोखरामा एवं नवौं संस्करण ओम्याक्स हेटौडामा आयोजना गरिएको थियो ।