कलाकारहरुलाई प्रधानमन्त्रीको दिवा भोज

चैत, काठमाडौं ।

‘फान अवार्ड २०७३’, विपिन र श्रृजना उत्कृष्ट

‘फान अवार्ड २०७३’ बाट अभिनेता विपिन कार्की र अभिनेत्री श्रृजना सुब्बाले अवार्ड जित्न सफल भएका छन् । ‘जात्रा’ बाट बिपिन र ‘डाइङ क्याण्डल’ बाट श्रृजना अवार्ड हात पारेका हुन् भने बर्षकै उत्कृष्ट चलचित्रमा ‘छक्का पञ्जा’ पर्न सफल भयो । यस्तै उत्कृष्ट निर्देशक विधा तर्फ भने ‘गाजलु’ बाट हेमराज विसीले अवार्ड जिते ।

चलचित्र कलाकार संघले शुक्रबार साँझ दोस्रो पटक राजधानीको आर्मि अफिसर्स क्लबमा आयोजना गरको यो अवार्ड २४ विधामा अवार्ड वितरण गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्मकर्मी, व्यवसायी, पत्रकार तथा सुरक्षा निकायका विशिष्ट व्याक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा नाम चलेका कलाकारहरुले दर्जन बढी चलचित्रका गीतमा नृत्य प्रस्तुत गरे ।

यसैबीच दिर्घ साधना सम्मान तर्फ वरिष्ट कलाकार नीर शाहलाई प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले दोसल्ला ओडाउँदै शाहलाई १ लाख ११ हजार १ सय ११ धनराशीसहित सम्मानपत्र प्रदान गरे । चलचित्र पत्रकार द्वय लक्ष्मण सुवेदी र ध्रुव लम्साललाई ’चलचित्र पत्रकारिता सम्मान’ प्रदान गरियो ।

दीपकराज गिरीले ‘छक्का पञ्जा’ बाट उत्कृष्ट पटकथाको अवार्ड पाउँदा सोहि चलचित्रबाट दीपा श्री निरौलाले उत्कृष्ट नव–निर्देशकको अवार्ड पाइन् । यस्तै उत्कृष्ट नव–नायकमा आर्यन अधिकारीले ‘के म तिम्रो होइन र’ बाट र उत्कृष्ट नव–अभिनेत्रीमा सृष्टि श्रेष्ठले ‘गाजलु’बाट अवार्ड उचालिन् । यस्तै हाँस्य कलाकार जितु नेपालले उत्कृष्ट सह–अभिनेता,  बर्षा राउतले उत्कृष्ट सह–अभिनेत्री, ‘किस्मत २’ बाट सन्तोष पन्तले उत्कृष्ट चरित्र अभिनेता, ‘ के म तिम्रो होइन र’ बाट गौरी मल्लले उत्कृष्ट चरित्र अभिनेत्रीमा अवार्ड जितिन् । यस्तै उत्कृष्ट हाँस्य कलाकारमा ‘छक्का पञ्जा’ बाटै केदार घिमिरेले अवार्ड उचाले । साथै सोहि चलचित्रबाट दीपकराज गिरीले उत्कृष्ट खलपात्रको अवार्डपनि जित्न सफल भए ।

गायक कालिप्रसाद बास्कोटाले ‘ पुरानो डुङ्गा’मा समावेश ‘नीर’ बोलको गीतबाट  उत्कृष्ट गायक र मीना निरौलाले ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको गीतबाट उत्कृष्ट गायिकामा अवार्ड पाइन् । साथै ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ गीतबाट उत्कृष्ट संगीतकारमा राजनराज शिवाकोटीले अवार्ड पाउँदा यसै चलचित्रको सोहि गीतबाट उत्कृष्ट नृत्य निर्देशकमा कविराज गहतराजले अवार्ड जिते ।

प्रधानमन्त्रीले दिए दिवा भोज

अवार्ड समारोहमा प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले शनिबार सरकारी निवास बालुवाटारमा चलचित्रकर्मी, नाट्यकर्मी तथा संगीतकर्मीहरुलाई दिवा भोजको आयोजना गरे । ‘दोश्रो फान अवार्ड’का विजेता, कलाकार, पत्रकारका लागि दिवा भोजको आयोजना गरिएको हो ।

प्रधानमन्त्रीको निमन्त्रणामा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकर्मी बालुवाटार पुगेका थिए । हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नायक राजेश हमाल, शिव श्रेष्ठ, नायिका करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बालुवाटार पुगे । यस्तै, हाँस्य कलाकार सिताराम कट्टेल, केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, सभासद् कोमल वली पनि बालुवाटार पुगेका थिए ।

चलचित्रकर्मीहरु लक्ष्मी गिरी, हरिहर शर्मा, निर शाह लगायत पनि प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगे । प्रधानमन्त्रीसँग विजेता चलचित्रकर्मीहरुले सामुहिक तस्बिर खिचाएका थिए । उनले चलचित्रकर्मीहरुलाई देशको विकासमा साथ दिन आग्रह समेत गरे । कलाको माध्यमबाट देशमा आमुल परिवर्तन गर्न सकिने प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री निवासमा सय भन्दा बढी चलचित्रकर्मीको जमघट रहेको थियो ।

photo source: Kp oli (ekantipur), Bipin Karki (Bibek Bashyal)

(हिमालय टाइम्समा प्रकाशित छ)