<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियमको आवश्यक रहेको भन्दै हास्य कलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल ९धुर्मुस० केही दिनयता निरन्तर लागिरहेका छन् । दुई दिनअघि सामाजिक सञ्जाल फेसबुकमा आफूले घोषणा गरेको नमुना नेपाल पहिला या क्रिकेट स्टेडियम पहिला भनेर आम नागरिकलाई सोधिएको प्रश्नमा स्टेडियमको निर्माण पहिलो स्थानमा भन्ने उत्तरको चाङ लागेपछि धुर्मुस् रातदिन लागिरहेका छन् । </p><p style="text-align: justify; ">धुर्मुस्ले क्रिकेट मैदानको नामसमेत राखिसकेका छन् । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नाम राखेर उनी निर्माणस्थल खोजीमा लागिरहेका छन् । ‘जग्गाको खोजी, अध्ययन तथा अवलोकन गर्ने काम सुरु गरिएको छ । सबैले हौसला दिएपछि अझ यो विषयमा लागिरहेका छौं’, धुर्मुसले आफ्नो फेसबुकमा लेख्दै भनेका छन् । उनले भक्तपुर जिल्लाको चांगुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा शनिबारमात्रै अवलोकन गरेको बताएका छन् । </p><p style="text-align: justify; ">उक्त जग्गा हेर्न धुर्मुस सुन्तली फाउण्डेशनको टोलीसँगै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि सँगै थिए । ‘अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि उपयुक्त जग्गा यहाँहरूको ठाउँमा पनि छन् भने कृपया हामीलाई जानकारी गराइ दिनुहुन सबैसँग अनुरोध गर्दछौं साथै नेपाल सरकारले देखाएको सकारात्मक पहलकदमीले हामीलाई थप उत्साह थपेको छ’, धुर्मुस्ले भनेका छन् ।</p>