‘म्हेन्दू’ शुभमुर्हुत, अन्तर्रास्ट्रिय स्तरमा समेत प्रदर्शन हुने

चैत, काठमाडौं ।

मारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा चलचित्र ‘म्हेन्दू’ निर्माण हुने भएका छ । मारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमका बिच शुभमुर्हुत समेत गरिएको छ । पर्यटनमन्त्रि रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा चलचित्रको शुभमुर्हुत गरिएको हो ।

शुभमुर्हतमा मन्त्रि अधिकारीले चलचित्रको क्ल्याप हानेका थिए । कार्यक्रममा बोल्दै माननीय पर्यटनमन्त्रि अधिकारीले ‘नेपाली मौलिक जनाजिबिकालाई उठान गर्ने यो चलचित्र चलचित्र जगतमा कोसेढुङ्गा साबित होस्’ भन्ने सुभकामना ब्यक्त गरे । कार्यक्रममा बोल्दै  बरिष्ट अभिनेता निर शाह, चलचित्र निर्माता संघका  अध्यक्ष्य आकाश अधिकारी, ब्यबसायी अस्मिता सुमार्गीलगायतका व्यक्तित्वहरुले चलचित्रको सफलताको सुभकामना दिए  ।

‘म्हेन्दू हिमाली दुर्गम भेगमा बसोबास गर्ने शेर्पा जाति र तल्लो भेगमा बस्ने आर्यन समुदायबीचको भावनात्मक सम्बन्ध उठान गर्ने मौलिक नेपाली चलचित्र हो ।  यस चलचित्र मार्फत नवनायक भोला तिमल्सिना र रमेश सोढारी डेब्यु गर्दै छन् । सोनु राई चलचित्रको नायिका हुन् । एसराज कुमार, बिन्दा थिङ, कालु राना, चन्द्रमणि मुडभरी, बाबुराम शाक्य, लक्ष्मण देबकोटा, किशोर खतिवडालगायतका कलाकारको चलचित्रमा अभिनय रहने छ ।

चन्द्रमणि मुडभरी कार्यकारी निर्माता रहेको यस चलचित्रमा बुद्धिमान तामाङ र दुर्गा साहारा खड्का सह निर्माता रहेका छन् । सुदिप डोटेलको प्रस्तुति चलचित्र म्हेन्दू २०७५ बैसाख पहिलो हप्ताबाट फ्लोरमा जाने छ । रोहित बिक्रम कार्कीले चलचित्रलाइ छायाँकन गर्नेछन् । चलचित्रका गीतमा पुरुषोत्तम पौडेल रसुवा, बिमल डाँगी र सरोज कोइरालाको शब्द, कुमार लामा योञ्जन, बिमल डाँगी र सरोज कोइरालाको सङ्गीत अनि बिध्या तिवारी, कुमार लामा र सरोज कोइरालाको स्वर रहने छ । चलचित्र भाद्रको अन्त सम्ममा सार्बजानिक प्रदर्शन गरिने निर्माणपक्षको दाबी छ । नेपाली, अङ्ग्रेजी, जापानीज, भोजपुरीभाषामा चलचित्रको डबिङ्ग गरि अन्तर्रास्ट्रिय स्तरमा प्रदर्शन गरिने समेत आयोजकले कार्यक्रममा जानकारी गराए । चलचित्र करिब १ करोड २५ लाखको लागतमा निर्माण हुने जनाइएको छ ।