वाग्लेको गजल ‘तिमी साथ भएपछि’ सार्वजनिक

चैत, काठमाडौं ।

युवा गजलकार सुरेश वाग्लेले गजल संग्रह ‘तिमी साथ भएपछि’ ल्याएका छन् । वाग्लेको रचनामा संग्रहित गजल बिहिबार काठमाडौंमा विमोचन गरियो । संगीतकार राजु सिंह, संगीतकार शक्ति वल्लभ, संगीतकार लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापासहितका व्यक्तित्वले उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

अमेरिकामा बसोबास गर्दै आएका युवा गजलकार सुरेश वाग्ले गीत–गजलको क्ष्ँेत्रमा पुरानो नाम हो । डेढ दशकअघि नै गजलप्रति रुची भएका साथीहरुलाई भेला पारेर आफ्नै नेतृत्वमा ‘गजल गृह नेपाल’ स्थापना गर्ने गजलकार वाग्लेले आज गजलहरुको संग्रह नै सार्वज्निक गरेका हुन् । उक्त एल्बमको उत्पादन गजल गृह नेपालले नै गरेको हो ।

बिहिबार सार्वजनिक गजल एल्बम ‘तिमी साथ भएपछि’ मा दश वटा गजलहरु समावेश गरिएका छन् । गजलकार वाग्लेले झन्डै एक दशक अघिदेखि रचना गरेका गजलहरुलाई यो एल्बममा समावेश गरिएको छ ।

एल्बमका गजलहरुमा उदय सोताङ, मनिला सोताङ, शिव परियार, अञ्जु पन्त, मनोजराज, हरि लम्साल, टिका प्रसाईं, मदन गोपाल तथा बुद्ध लामा (नेपाल आइडल) को स्वरलाई समावेश गरिएको छ । हरि लम्साल, शिव परियार, मनोज राज तथा किरण श्रेष्ठले ती गजलहरुलाई संगीतबद्ध गरेका छन् । ती गजलहरुमा गोपाल रसाइली, किरण कंडेल, रिकेश गुरुङ, सचिन सिंह, रिदम कंडेल तथा पाकिस्तानी संगीतकर्मी इमाद रहमानको संगीत संयोजन छ ।

विमोचन समारोहमा एल्बममा समावेश गायक शिव परियारको स्वरको ‘फूलमा…’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर गरियो । नेपाली गीत–गजल तथा साहित्यलाई प्रचार–प्रसार गर्ने उदेश्यले स्थापना भएको गजल गृह नेपालले अमेरिकामा समेत विभिन्न गतिविधिहरु सञ्चालन गरिसकेको छ ।