प्रधानमन्त्री ओलीसँगै अभिनेता हमाल र डिसी पुगे दिल्ली

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं । </b></pre><p style="text-align: justify; ">भारतको तिन दिने औपचारिक भ्रमणका लागी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अभिनेता राजेश हमाल र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी भारत प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओलीसहित ५४ सदस्यीय भ्रमण दल शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेको हो ।&nbsp;</p><p style="text-align: justify; ">शनिवार साँझ प्रधानमन्त्री ओलीले बलिउडका चर्चित कलाकारसँग डिनर गर्ने कार्यक्रम छ । त्यहाँ हमाल र डिसीले नेपाली चलचित्र क्षेत्रको विषयमा बलिउड कलाकारलाई विस्तृतमा जानकारी गराउनेछन् ।&nbsp;</p><p style="text-align: justify; ">प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । हमाल र डिसीसहित अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्रीको राजकीय भ्रमणमा पहिलो पटक नेपाली चलचित्रकर्मीलाई सहभागी गराइएको हो । प्रधानमन्त्रीसहितको टोली आइतवार स्वदेश फर्किने छ ।&nbsp;</p>