सलमान जेलमा पर्दा नेपालसम्म घाटा

चैत, मुम्बई (एजेन्सी) ।

बलिउड सुपरस्टार सलमान खानलाई पाँचबर्ष जेल सजाय सुनाइएको छ । १९ वर्ष पुरानो कांकणीको कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाए लगत्तै उनलाई हिरासतमा लिइएको छ । सीजेएम देव खत्रीले सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय र १० हजार रुपैयाँ जरिवाना पनि सुनाएका छन् । सलमानले बिहिबारको रात जेलमा विताउनु पर्ने छ । जोधपुर स्पेशल कोर्टको बाहिर सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।

उनको अलावा मुद्दाका सह–आरोपी सैफ अली खान, तब्बू, नीलम, सोनाली बेन्द्रे र उनका ड्राइभरलाई अदालतले क्लिन चिट दिएको छ । कोर्टले सलमानलाई वन्य जीव संरक्षणको धारा ९÷५१ का अनुसार दोषी ठहर गरेको हो । सलमानलाई तीन वर्षको मात्र सजाय सुनाइएको भए मुख्य न्यायिक दण्डाधिकारीको अदालतबाट जमानत मिल्न सक्थ्यो र दोषी सावित र सजाय सुनाए पनि उनी घर जान सक्थे । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्नभने सक्नेछन् । सलमानलाई अब जमानतका लागि जिल्ला अदालतमा याचिका दायर गर्नु पर्नेछ । सलमानलाई २ बजे सजाय सुनाइएको हो ।

के हो हरिण प्रकरण ?

सलमानको हरिण घटना चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको दौरानमा घटेको थियो । सन् १९९८ मा राजश्री फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रको सुटिङको समयमा सलमानमाथी कालो हरिण मारेको आरोप लागेको थियो । कांकाणी गाउँको शिकार मामलामा प्रत्यक्षदर्शीले अदालतमा बताएका थिए कि गोलीको आवाज सुनेर उनी त्यहाँ पुगेका थिए । शिकार सलमानले गरेका थिए । जीपमा उनीसँग सैफ अली खान, नीलम, सोनाली बेन्द्रे र तब्बु पनि थिए । उनीहरु सबै मिलेर सलमानलाई शिकारका लागि उक्साएको आरोप छ । तर, प्रत्यक्षदर्शीले उनीहरुलाई पहिचान गर्न नमानेपछि उनीहरुले उन्मुक्ति पाएका छन् । सलमानविरुद्ध कालो हरिण शिकारको मामलामा तीनवटा र हातहतियार ऐनमा एउटा मुद्दा थियो । त्यतिबेला सलमानको कोठाबाट उनको निजी पेस्तोल र राइफल बरामद गरिएको थियो, जसको लाइसेन्सको म्याद गुज्रिसकेको थियो । हरिण शिकारका ३ मामलामा सलमान प्रहरी र न्यायिक हिरासतमा पहिले पनि १८ दिन जेल बसिसकेका छन् । यस मुद्दामा वन अधिकारी ललित बोराले जोधपुरको लूणी पुलिस थानामा १५ अक्टोबर, १९९८ मा सलमान खानको विरुद्धमा एफआईआर दर्ता गराएका थिए । एफआईआरका अनुसार, सलमान खानले १२ अक्टोबर, १९९८ मा दुई कालो हरिणको शिकार गरेका थिए ।

नेपालसम्म घाटा

सलमान जेलमा पुग्दा नेपाली कम्पनी ओडीसी इन्टरनेसनललाई पनि घाटा भएको छ । सलमानले गएको फागुन २६ गते नेपालमा कन्सर्ट गर्ने कार्यक्रम थियो, जुन विप्लव माओवादीको धम्कीले गर्दा स्थगित भयो । त्यसपछि आयोजकले सलमान  आउने मिति जेठ २ लाई राखेको थियो । तर, सलमानलाई ५ वर्षका लागि जेल सजाय सुनाइएपछि आयोजक टीम तनाबमा छ । यदि सलमानलाई सुप्रिम कोर्टले धरौटीमा रिहा गरेन र पुरा अवधि जेल बस्नुर्पयो भने नेपालको शो रद्द हुनेछ ।

अहिलेसम्म ओडीसीले कार्यक्रमका लागि करिब आठ करोड खर्च गरिसकेको छ । आठ करोडमध्ये पाँच करोड सलमानसहित १ सय १० भारतीय कलाकार र प्राविधिकहरुको खातामा जम्मा गरिएको पारिश्रमिक हो भने बाँकी नेपालमा गरिएको विज्ञापन, लजिस्टिक र अन्य व्यवस्थापकीय खर्च । सलमान जेल जाँदा ओडीसीको आठ करोड जोखिममा परेको छ । यसअघि करिब पाँच हजार टिकट विक्री भइसकेको अवस्थामा शो स्थगित गरिएको थियो ।

बलिउडमा पनि सलमान जेल जाँदा थुप्रै चलचित्रलाई सिधै घाटा हुने देखिएको छ । सलमान अहिले ‘रेस ३’ को छायांकन गरिरहेका थिए । रेमो डिसूजाको निर्देशनमा बनिरहेको यो चलचित्रको अझै सुटिङ सकिएको छैन । सलमानको मुख्य भूमिका रहेको यो चलचित्र सय करोड रुपैयाँको लगानीमा निर्माण हुँदै थियो । यस्तै सलमान ‘भारत’ नामको एक चलचित्रमा काम गर्दै थिए । यदी सलमानलाई लामो जेल सजाय भएको खण्डमा या चलचित्र त्यस्तै थन्किने छ । यस्तै चलचित्र ‘दबंग’को तेस्रो सिरिजमा पनि सलमान हुने तय भइसकेको थियो । यो चलचित्रको सुटिङ पनि यसै वर्षको अन्त्यबाट सुरु हुँदै थियो । यस्तै सलमानकै नाम ‘बिग बोस’ को नयाँ सिजनका लागि तय भइसकेको छ । अक्टोबरबाट सुरु हुन लागेको ‘बिग बोस १२’  का लागि अब सलमानको ठाउँमा नयाँ होस्ट खोज्नु पर्ने भएको छ । उनले यस शोका लागि ११ करोड पारिश्रमिक बुझ्दै आएका थिए ।

(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित )