मिस इको इन्टरनेशनलमा मौनताको प्रतिनिधित्व

चैत, काठमाडौं ।

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व गर्दै मौनता लामा इजिप्त गएकी छिन् । १० अप्रिल देखि ३० अप्रिलसम्म इजिप्टमा आयोजना हुने उक्त प्रतियोगीतामा सहभागीता जनाउन लामा सोमबार राती १२ बजे त्यसतर्फ  प्रस्थान गरेकी हुन् । ६० देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना सहित उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को ताज लगाउदै प्रतियोगतिाका लागि चएन गरेको थियो ।

लामा नेपालको चौथो सहभागी हुन् । यस अगाडी प्रतियोगीता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ र गतबर्ष रोनाली अमात्यले सहभागीता जनाएका थिए । कपन निवासी १८ बर्षीय लामाले नेपालाई अन्तराष्ट्रिय स्तरमा चिनाउन यो राम्रो प्लेटफर्म भएको बताइन् । उनले भनिन् ‘नेपालको कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतीक र प्रर्यटकिय स्थानको पहिचान सहितको डकुमेन्ट्री लिएर प्रतियोगीतामा आफु सहभागी हुन लागेको हो ।’

उनी प्रतियोगीतामा तल उल्लेखित थिमका ड्रेस सहित सहभागी लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए । इको ड्रेस सिम्रिक डिजाइन स्टुडियोकी प्रज्ञा चित्रकारले डिजाइन गरेकी हुन । यस्तै राष्ट्रिय पहिरन प्रज्ञा चित्रकारले नै डिजाइन गर्नेछिन् ।  साथै इभिनिङ्ग गाउन र अन्य ड्रेस विभिन्न डिजाइनरहरुले बनाउनेछन् । यसमा मिगेश उदास सिम्रिक डिजाइन स्टुडियो ड्रिम्स वेअर ब्याङ्क्वेट इनोभऐट क्रस रोड अपरेल काया डिजाइनर स्टुडियो एस ए वेअर रहेका छन् ।