‘हाँडीघोप्टे’ बिमोचित

चैत, काठमाडौं ।

साहित्यकार रामचन्द्र दाहालकृत संस्मरण ‘हाँडीघोप्टे’ बिमोचन गरिएको छ । काठमाडौंस्थित सर्वनाम थिएटरमा शनिबार वरिष्ठ छन्दकवि रमेश खकुरेलको प्रमुख आतिथ्यतामा बिमोचन गरिएको हो । खकुरेलको साथमा कवि तथा साहित्यकार भुवनहरि सिग्देल, प्राडा माधव पोखरेल, कवि तथा समीक्षक मित्रलाल पंगेनी र शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले ‘हाँडीघोप्टे’को विमोचन गरेका हुन् ।

खकुरेलले, हाँडीघोप्टेलाई आफ्नै आँखाले बारम्बार सडकमा देखेको अद्धभुद पात्र भन्दै भावि पुस्ताका लागि यो पुस्तक प्रेरणाको स्रोत हुने बताए । लेखक रामचन्द्र दाहालले २०३५ सालदेखि आफूले देखे–भोगेका घटनाहरु टिपोट गरी हाल आएर पुस्तकका रुपमा ‘हाँडीघोप्टे’ तयार पारेको बताए । शिखा बुक्स काठमाडौं प्रकाशक रहेको यस पुस्ततको मूल्य रु. ३ सय रहेको छ ।