रुचाइदै ‘लम्फू’ ट्रेलर (भिडियो)

बैशाख, काठमाडौं ।

यहि बैशाख अन्तिम साता अर्थात २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लम्फू’को ट्रेलर सार्वजनिक गरिएको छ । गएको बिहिबार सार्वजनिक गरिएको ट्रेलर दर्शकमाझ लोकप्रिय बन्दै गएको छ । ट्रेलर हेरिसकेपछि आएका प्रतिक्रिया हेर्नेहो भने अधिकांश दर्शकले चलचित्रको कथा र प्रस्तुतीलाई प्रशंशा गरेको पाइन्छ ।

ट्रेलरमा नव–नायक कबिर खड्का र नायक सलोन बस्नेत हाबि देखिन्छ । अभिनेत्री मरिश्का पोखरेलको प्रेममा कबिर देखिएका छन् । सलोन भने केहि फरक भूमिकामा देखिएका छन् । ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।

ट्रेलर रिलीज कार्यक्रममा तरकारीवालीको नामले प्रख्यात कुशुम श्रेष्ठको समेत उपस्थिती थियो । चलचित्रमा कुशुमको पनि छोटो भूमिका रहेको कार्यक्रममा जानकारी गराईयो । कार्यक्रममा बोल्दै कुशुमले बैशाख २८ मा चलचित्र रिलीज भएपछि प्रतिक्रियाको आधारमा मात्र आफु अभिनयमा अगाडी बढ्ने बताईन् । कार्यक्रममा नायिका मरिश्का पोखरेलको भने उपस्थिती थिएन ।

चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्र हेरेपछि राम्रो लागे ताली नलागे गाली दिन आग्रह गरे । निर्माता शक्तिबल्दब घोरासैनीले आफुले दर्शक भएर 'लम्फू'लाई हेरेको बताए । दर्शकको रुपमा हेर्दा चलचित्र गुणस्तरिय रहेको उनले बताए ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।

चलचित्र शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् भने भूपतिले लेखेका हुन् । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

Trailer: