‘लिलिबिली’ र ‘नेप्टे’मा दर्शको उत्साहजनक उपस्थिती

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाली नयाँबर्ष २०७५ सालको पहिलो दिन सबैजसो चलचित्रले हाउसफुलका साथ ब्यापार गरे । अहिले नेपाली चलचित्रहलमा नेपाली चलचित्र ‘शत्रुगते’, ‘तिमीसँग’, ‘लिलिबिली’ र ‘नेप्टे’ गरी चारचलचित्र प्रदर्शन भइरहेका छन् भने बलिउडको ‘बागी २’ले पनि नेपाली दर्शक पाइरहेको छ । यीमध्ये ‘लिलिबिली’ र ‘नेप्टे’ भने नयाँबर्षलाई लक्षित गर्दै गएको शुक्रबारबाट प्रदर्शनमा आएका हुन् ।

यसैबिच शनिबार अर्थात नयाँबर्षको पहिलो दिन सबैजसो चलचित्रमा दर्शकको उत्साहजनक उपस्थिती देखियो । केहिसाता अघिदेखी प्रदर्शनमा आएका चलचित्रदेखी नयाँबर्ष लक्षितसबै चलचित्रले हाउसफुलका साथ ब्यापार गरे । शनिबार ‘लिलिबिली’ र ‘नेप्टे’ले उत्साहजनक दर्शक कमाएपनि तुलानात्मक रुपमा ‘नेप्टे’ले हल कम पाउँदा मारमा परेको छ । शनिबार ‘नेप्टे’ गोपीकृष्ण र कुमारी हलमा हाउसफूल रह्यो ।

शनिबार दुवै चलचित्रका कलाकार राजधानीका विभिन्न हलमा पुगेका थिए । बिहानै प्रदीप खड्का र जसिता गुरुङ सहितको एक टोली अष्टनारायण हल पुगेको थियो । त्यहाँ चलचित्र हेर्न आउने उल्लेख्य दर्शकले ‘लिलिबिली’ मन पराएको प्रतिक्रिया दिएका थिए । यता ‘नेप्टे’ टिम दिवा समयमा अष्टनारायण पुगेको थियो । कलाकार बुद्धि तामाङ सहित निर्माता तथा कलाकार रोहित रुम्बा, निर्देशक देवकुमार श्रेष्ठ हल पुगेका थिए । पहिलो पटक दयाहाङ राईको भिलेन अवतार दर्शकको लागि नौलो स्वाद सावित भयो । दया भने व्यस्तताका कारण हल भिजिटमा पुग्न सकेनन् ।

अष्टनारायण हलका दर्शकलाई साक्षात्कार गरेपछि ‘लिलिबिली’ यूनिट गोङ्गबुमा रहेको बिएसआर हल हुँदै चावहिलमा अवस्थित गोपीकृष्ण हल गएको थियो । त्यहाँ उल्लेख्य दर्शकका बीच प्रदीप घेरिन पुगे । यति मात्र होइन् थामी नसक्नुको भिडमा उनलाई ४ सुरक्षा गार्डले सुरक्षा प्रदान गर्नुपर्ने स्थिती सिर्जना भयो । मिडियासँग बोल्दै प्रदीपले चलचित्रलाई दर्शकले दिएको माया र साथबाट अगाडि बढ्न थप हौसला मिलेको बताए । साथै उनले थपे, ‘आगामी दिनमा छनोट गरेर मात्र फिल्म खेल्छु । अब रिजर्भ बस्न जरुरी ठानेको छु ।’ यस अघिका ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट स्टारक्रेज बनाएका प्रदीपले यो फिल्मबाट सफलतामा ह्याट्रिक मारेका छन् । यता डेव्यु फिल्मबाटै दर्शक माया पाएकोमा जसिता हौसिएका छिन् । निर्देशक मिलन चाम्सले २ सयको टिकटबाटै यूके, स्कटल्याण्ड जस्ता देश घुम्न पाइने तर्क गरे । विदेशका रमणिय दृश्यमा छायांकन गरिएको फिल्म पूर्णतया प्रेमकथामा आधारित छ । यहि रफ्तारमा एक साता सम्म फिल्म गएमा सजिलै लगानी रिकभर गर्न सकिने निर्माता गोविन्द शाहीले बताए । तर शुक्रबारको व्यापाकिर आंकडा आउन बाकी रहेको उनको भनाइ थियो ।

यस्तै ‘नेप्टे’ चलचित्रका निर्माता तथा कलाकार रोहित रुम्बाले भने राजधानीका विभिन्न हल पुगिसकेपछि मिडियासँग दुखेसो गर्दै हल कम पाउँदा कतिपय दर्शक त्यसै फर्कनु परेको बताए । उनले थपे, ‘मैले हलवाला र वितरकको राजनीति बुझ्नै सकिन । मेरो फिल्मलाई जानाजानी शोज् कम दिइएको छ । टिकट नपाएर दर्शक फर्किएका छन् ।’ करोडौ लगाएर फिल्म बनाउने मेकरको पीडा बुझिदिने कोही नभएको उनको भनाइ थियो । कलाकार बुद्धि तामाङ आफैले कुमारी हलमा फिल्म हेर्ने दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए ।

Video: Hall Report