मेची महाकाली साङ्गीतिक अभियान हुने

बैशाख, काठमाडौ ।

संगीतकार संघ नेपालले राष्ट्रिय एकता र सद्भावको लागि भन्दै ‘मेची महाकाली साङ्गीतिक अभियान’ शुरु गर्ने भएको छ । नेपाली गीतसंगीतलाई ब्यवस्थीत र ब्यवसायीक बनाउने हिसाबले गर्न लागिएको यो अभियान दुईबर्षसम्म चल्ने आइतबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस अभियानको शुरुको कार्यक्रम यहि बैशाख ७ गते राजधानीको आर्मी अफिसर्स क्लबमा हुँदै छ । जसमा राष्ट्रियस्तरका ख्यातीप्राप्त कलाकारहरुले प्रस्तुती दिनेछन् ।

पत्रकार सम्मेलनमा संगीतकार संघ नेपालका महासचिव महेश खड्काले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । उनले नेपाली गीतसंगीतका कलाकारहरुको काम गीत निकाल्ने र स्टेजमा गाउनेमात्र नभइ अन्तर्राष्ट्रियस्तरको गीतसंगीतको क्षेत्रजस्तै ब्यवस्थीत हुनु जरुरी रहेको बताए । खड्काका अनुसार दुईबर्षसम्म यो अभियान चल्नेछ भने उक्त अभियानमा २ सय ५० बढी कलाकारहरुले प्रस्तुती दिनेछन् । साथै उक्त कार्यक्रममा आम्दानीभएको रकमको केहि हिस्सा प्रस्तुती दिनेकलाकारहरुलाई पनि बाढिने उनले बताए ।

यस अभियानको काठमाडौं कार्यक्रमका लागी प्रायोजकमा सिटिजन बैंक रहेको छ । कार्यक्रममा सिटिजन बैंकका सिइओ राजन भण्डारी उपस्थित थिए । उनले आफुहरु शिक्षा, स्वास्थ्य, खेलकुदसँग कलाक्षेत्रमा पनि फैलिएको बताए । उनले अभियानका लागी शुभकामना दिएका थिए ।