नामजस्तो छैन ‘लखपति माग्ने’

बैशाख, काठमाडौं ।

एक महिनाअघिबाट छायांकन शुरुभएको चलचित्र ‘लखपति माग्ने’को छायांकनको काम अन्तिम चरणमा पुगेको छ । गएको चैत ४ गतेबाट शुरुभएको छायांकन अहिले ललितपुरको गोदावरीमा भइरहेको छ । चलचित्रको सम्पुर्ण छायांकन काठमाडौंको वरिपरीनै हुने बताइएको छ । अहिलेसम्म दोलालघाट, मार्खु, कुलेखानी, चित्लाङ जस्ता ठाउँहरुमा छायांकन भइसकेको चलचित्रकि निर्देशक सबनम मुखियाले जानकारी दिइन् । उनका अनुसार चलचित्रको ९० प्रतिशत छायांकन सकिएको र यसैसाता सम्पुर्ण छायांकन सकिनेछ ।

गएको तीनदिन देखी चलचित्रमा समावेश प्रेमभावको एकगीत छायांकन भइरहेको छ । चलचित्रमा समावेश प्रेमभावको गीतमा डेब्यु नायक बिष्णु अर्याल र नायिका सोनिका शाही फिचर छन् । मंगलबार गोदावरीको गुम्बामा पुग्दा नायक नायिकाको रोमान्सका दृश्य क्यामेरामा कैद भइरहेको थियो । गीतमा गम्भिर बिष्टले कोरियोग्राफि गरिरहेका थिए । ‘गीतमा प्रेमभाव भएकोले गीतले मागेअनुरुपको ठाउँका लागी गोदावरी आएका हौं, गीतको केहि दृश्य अन्य ठाउँमा पनि खिचेका छौं’, बिष्टले भने । यस्तै उनले भिडियो राम्रो बनाउनका लागी निरन्तर तीनदिन देखी लागिपरिरहेको  बताए । ‘गीत राम्रो भएकोले भिडियो पनि त्यहि अनुसारको बनाउनुपर्छ भनेर लागिरहेका छौं, गीतकै लागीमात्रै तीनदिन खर्चेका छौं’, उनले भने ।

यस्तै भिडियोमा अभिनय गरिरहेका नवनायक बिष्णुले पनि चलचित्रका लागी निकै मेहनत गरेको बताए । आफ्नो पहिलो चलचित्र भएकोले पनी आफ्नो लागी चुनौतीको काम भएको बताए । ‘हामीले हरतबरबाट राम्रो बनाउनका लागी कोसिस गरिरहेका छौं’, उनले भने । यस्तै उनले आफुलाई चलचित्रका लागी आफ्नो म्युजीक भिडियो हेरेर अफर गरिएको पनि खुलाए । उनी ‘मोडल अफ दि इयर २०१४’मा उत्कृष्ट तीनमा पर्न सफल भएका थिए । यस्तै नव–नायिका सोनिकाले पनि चलचित्रमा आफुले मेहनत गरिरहेको सुनाइन् । उनले टीमराम्रो भएकोले काम गर्न सजिलो भएको पनि बताइन् । ‘नयाँ कलाकारलाई कामगर्न सजिलो हुने भनेको टीमले गर्दा हो, त्यो मैले यो टीममा पाएकी छु, कतिपय नजानेका कुरा पनि सहजै सिकाउने टीम छ त्यसैले सहज भइरहेको छ’, उनले भनिन् । सोनिका ‘ग्ल्यामर आइकल २०१६’की बिजेता हुन् ।

‘जो कोहिले पनि एक धनीब्यक्ति अन्तिममा माग्नेको रुपमा देखिने होला भनेर अनुमान गरेको हुन्छन् तर चलचित्रमा त्यसो हुनेछैन’

मंगलबार गोदावरीको छायांकनमा चलचित्रका मुख्य कलाकार कमलमणी नेपालको घरभित्रको दृश्य खिचिएको थियो । नेपालले आफ्नो भूमिकाको बारेमा खुलाउन चाहेनन् । साथै निर्देशक मुखियाले पनि चलचित्रको शीर्षकले बोलेजस्तो कथा चलचित्रमा नभएको खुलाइन् । ‘जो कोहिले पनि एक धनीब्यक्ति अन्तिममा माग्नेको रुपमा देखिने होला भनेर अनुमान गरेको हुन्छन् तर चलचित्रमा त्यसो हुनेछैन’, उनले भनिन् । यस्तै उनले महिला भएकै कारण निर्देशनको काममा कुनैपनि गाह्रो महसुस नभएको बताइन् । ‘निर्देशनमा पुरुष भएपनि महिला भएपनि काम त काम नै हो, त्यसैले कुनै फरक पर्दैन, बरु अझै केहि कुरामा सहज भएको छ, महिलाहरुमा पर्ने अप्ठ्यारा कुरा बुझ्न सहज हुन्छ’, निर्देशक मुखियाले भनिन् ।

चलचित्र प्रकाश चन्द्र महर्जनले निर्माण गरेका हुन् भने राजेन्द्र खड्गी चलचित्रका सहनिर्माता हुन् । रामेश्वर हुमागाईंको छायांकन रहेको यो चलचित्रमा चन्द्र पन्तले द्धन्द्ध निर्देशनको काम सम्हालेका छन् । चलचित्रमा कमलमणी नेपाल, बिष्णु अर्याल र सोनिका शाहीसँर्ग निरु खड्का, अपेशा खड्का, कुमार गजुरेल, मोहन चाम्लिङ राई, ओमकृण्डा भण्डारी, बिष्णु कोइराला, चन्द्र थापा, सुनिल जंग रायमाझि लगायतका कलाकारको अभिनय छ । चलचित्रको प्रदर्शन मितिभने तय भइसकेको छैन ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)