बालबालिकाको एकैमञ्चमा तीन नाटक

बैशाख, काठमाडौं ।

एकैदिनमा बाल कलाकारहरुले तीन नाटक मञ्चन गरेका छन् । थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलले गरेको नाट्य कार्यशालाको समापनमा ५ देखि १५ वर्षसम्मका २९ जना बालकलाकारहरुले एउटै मञ्चमा नाटक देखाएका हुन् । मञ्चनसँगै ‘लिटल थिएटर ग्यारेज’को चौथो संस्करण सकिएको छ ।

कार्यशालाको समापनमा नेपाली बाल साहित्यकार शान्तदास मानन्धरको नाटक ‘म जोकर बन्छु’ र लोककथामा आधारित नाटक ‘टोपी’ र ‘मुसाको कथा’ मञ्चन भएका हुन् । नाटकमार्फत बालबालिकाले आफ्ना आमाबुबाको स्नेह र कमजोरी दुवैलाई प्रस्तुत गरेका थिए ।

केदार श्रेष्ठले नाटक ‘म जोकर बन्छु’ र ‘टोपी’को निर्देशन गरेका थिए । श्रेष्ठ टिसीसी नेपालका कला निर्देशक हुन् । यस्तै ‘मुसाका कथा’लाई थिएटर मलका प्रवन्ध निर्देशक समेत रहेकी इलिना नकर्मीले निर्देशन गरेकी थिइन्, साथै कार्यशालाका संयोजक सञ्जिता पराजुलीले नृत्य निर्देशन गरेकी थिइन् । हरेक वर्ष अप्रिल २ बाट हुने कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्रा्ष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’को नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा विगत चार वर्षदेखि हुँदै आएको छ ।

लैनचौरस्थित नेपाल जापान बाल पुस्तकालयमा भएको कार्यशालामा काठमाडौं उपत्यकाका विभिन्न स्कुलमा अध्ययन गरिरहेका बालबालिकाहरु सहभागी भएका थिए । कार्यशालाको पहिलो संस्करणदेखि सहभागी अर्विन खड्काले फिल्म ’जात्रा’ र नाटक ’लाटीको छोरोमा’ अभिनय गरिसेकका छन् ।