मधेशको दाईजोप्रथामा केन्द्रित ‘भोर’ वैशाख २१ मा

वैशाख, काठमाडौ ।

यसअघि ‘झोला’ चलचित्र निर्देशन गरेर सफलता पाएका यादब कुमार भट्टराईनिर्देशीत नयाँ चलचित्र ‘भोर’ यहि बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘दाईजो मानव हिंसा हो’ भन्ने कथामा निर्माण गरिएको यो चलचित्रका निर्माता राज तिमिल्सिना र रामगोपाल थापा हुन् भने देवेन्द्रप्रसाद पराजुली कार्यकारी निर्माता हुन् ।

मधेसको कथा तथा मधेसमा रहेको दाइजोप्रथा समस्याहरुका  कथामा चलचित्र केन्द्रित छ । चलचित्रमा कृष्णधारावासीको कथा रहेको छ । निर्देशक भट्टराईले  चलचित्र निर्माण गर्न एकबर्ष लागेको बताए । मधेशमा दाइजोप्रथा भाइरल रुपमा अगाडी बढेको र यसबाट मुक्त हुने तथा यसलाई जरैदेखि उखालेर फाक्नका लागि यो चलचित्र निर्माण गरिएको पनि भट्टराईले बताए । शुक्रबार राजधानीमा पत्रकार भेटघाटकार्यक्रममा चलचित्र टीमले चलचित्रको बिषयमा जानकारी गराएको थियो ।

चलचित्रमा रामनारायण यादव, अनितारानी मण्डल, राजेश सक्सेना,  तथा परमेश झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । भाइरसको रुपमा रहेको दाइजोप्रथालाई उन्मुलन गर्नेका लागि मुख्य भुमिकामा रहेकी अनिता रानीले चलचित्रमा काम गर्दो गदै मधेशको समस्यालाई निकै नै गहिराइमा गएर बुझने मौका पाएको बताइन् । चलचित्रमा मुख्य कलाकारको रुपमा रही रामनारायण ठाकुरले विभिन्न बहानामा दाइजो माग्ने गरेका छन् ।