चलचित्र छायांकनका लागी उपयुक्त राईनासकोट

...

<pre style="text-align: justify; "><b>बैशाख, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; "> लमजुङको राईनास नगरपालीकामा अवस्थित राईनासकोट होमस्टेमा चलचित्रकर्मिहरुले एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेका छन् । राईनास आपपासका दृश्य चलचित्रमा उतार्न सकिने अर्थात चलचित्र छायांकनका लागी उपयुक्त ठाउँ भएको त्यसठाउँमा पुगेका चलचित्रकर्मिहरुले बताएका छन् ।&nbsp;&nbsp;<br></p><p style="text-align: justify; ">उक्त अन्तकृया कार्यक्रममा काठमाण्डौबाट नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी, चलचित्र निर्माता संघका प्रथम अपाध्यक्ष केशब भट्टराई, बरिष्ठ कलाकार रबिन्द्र खड्का, बरिष्ठ छायांकार संजय लामा, द्वन्द निर्देशक हिमाल केसी, निर्देशक सम्राट शाक्य, प्रोडक्सन कन्ट्रोलर अरुण रेग्मी, संचारकर्मी सुदर्शन आचार्य लगायतका चलचित्रकर्मीहरु उपस्थित भएका थिए । एक रात होमस्टेमा रहेर फर्कनु भन्दा पनि सिमीत तर उदेश्यमुलक उपलब्धिका लागी सम्बन्धित पक्षलाई फिल्डमा ल्याएर चलचित्र छायांकनका लागि के कति सम्भब छ र आबश्यक पुर्याउन सक्ने पुर्वाधारका बिषयमा छलफल गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरेको उक्त कार्यक्रमकी संयोजक स्वस्तिका चिलुवालले बताईन् ।</p><p style="text-align: justify; ">त्यस्तै उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण चलचित्रकर्मीहरुले राईनासकोट र आसपासका केही बस्तीहरु चलचित्र छायांकनको लागि उपयुक्त भएको प्रतिकृया दिएका छन् । काठमाण्डौबाट गएका चलचित्रकर्मीहरुले राईनासकोट हुदै प्याराजुड। देखी मोहरीया सम्मको भ्रमण गरेका थिए ।</p>