टंक बुढाथोकीको नयाँ गीत ‘अल्लारे जोवन’ यस्तो बन्यो (भिडियो)

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

गायक टंक बुढाथोकीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘अल्लारे जोवन’ बोलको आधुनिक गीतमा टंकसँग अन्जु पन्तको स्वर छ । उत्तम भण्डारीको शब्द, संगीतमा तयार भएको गीतमा एरेन्ज तथा मिक्सिङको काम पनि टंकले नै गरेका छन् । गीत ‘स्टुडियो नाइन्’ मा तयार गरिएको हो । गीतको भिडियोमा कोरियोग्राफर तथा मोडल गम्भिर बिष्ट र रोहनी लामाको नृत्य देख्न सकिन्छ । भिडियो गम्भिरले नै निर्देशन गरेका हुन् ।

गायक टंकले यसअघिका गीतजस्तै यो गीतमा पनि केहि फरक पन दिनेप्रयास गरेको बताए । ‘डान्सिङ गीत मन पराउने दर्शकका लागी यो गीत बिशेष हुनसक्छ’, टंकले भने । यस्तै उनले सबैबर्गका दर्शकले गीत मन पराउनेमा बिश्वस्त रहेको बताउँछन् । भिडियो ललितपुरको गोदावरीमा सुवोल थापाले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् ।

गायक टंक पछिल्लो समय झापाका १२ बर्षिय एक प्रतिभाशाली गरिब बालक अशोक दर्जीलाई गीत रेकर्ड गराएसँगै प्रशंशाको पात्र बनेका छन् । उनले झापाकै डिजे रुपकको सहयोगमा दर्जीलाई काठमाडौं ल्याएर आफ्नो स्टुडियो ‘स्टुडियो नाइन्’मा ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत रेकर्ड गराएका थिए । उनका अनुसार यसैसाता एककार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिने छ ।

Video song: