बैशाख, खोटाङ ।

जिल्लाको दिक्तेलमा पुस्तकालय सञ्चालनका लागी चलचित्र च्यारिटो शो गरिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ बरडाडाँमा अवस्थित वालविकास आधारभुत बिद्धालयको नमुना पुस्तकालय सहयोगार्थ नेपाली चलचित्र ‘साँघुरो दलान’को विशेष प्रर्दशन गरिने भएको हो ।

२०७४ साल असोजमा स्थापना भएको नमुना पुस्तकालयमा पुस्तक खरिद तथा व्यवस्थित गर्नका लागि आगामी बैशाख १५ गते दिक्तेलको समिक्षालय हलमा बेग्ला बेग्लै तीन शोमा चलचित्र प्रर्दशन गर्ने तयारी भएको चलचित्रका निर्देशक शुभचन्द्र राईले जानकारी दिए । चलचित्र शोबाट आएको रकमले कलिला बालबच्चाका लागि किताब किन्नेछौ उहाँले भन्नुभयो, ‘बालपुस्तकले सानासाना बालबच्चाको पढाईमा रुचि बढ्नेछ ।’ १ घण्टा ४५ मिनेट अवधिको सामाजिक कथामा आधारित चलचित्रमा धाँमी झाँक्री र युवा बिदेश पलायनको कथा समाबेश छ । चलचित्र बैशाख १५ गते बिहान ८ बजे विधार्थीलाई निशुल्क, १२ बजे सार्वजनिक शो र ३ बजे टिकट सिस्टममा भिआईपि शो हुनेछ ।

शुभचन्द्र राईको कथा÷निर्देशन, रोशन श्रेष्ठ निर्माता रहेको चलचित्रमा कवि राई, रामचन्द्र राई, निता राई, अंकिता राई, सञ्जिब राई, रुपेश राई, उदिम चाम्लिङ, आर वि शर्मा लगायतको अभिनय रहेको छ । सोही चलचित्र गएको साउन ३० गते राजधानीस्थित बिश्वज्योती सिनेमाहलमा नमुना पुस्तकालय स्थापना सहयोगार्थ ऐतिहासिक रूपमा प्रर्दशन गरिएको थियो ।

नाटकका लागि लेखिएको कथा ‘साँघुरो दलान’ शैली थिएटर काठमाण्डौमा उत्कृष्ट नाटक भएपछि चलचित्र बनाईएको हो । दुईवर्ष अगाडी सातांै बालनाटक महोत्सवमा साँघुरो दलानको कथामा राष्ट्रिय नाँचघरका १९ ब्याज विद्यार्थीहरुले नाटकलाई मञ्चन गरेको थियो । साईनो कलाकेन्द्रको आयोजना तथा किरात राई साँस्कृतिक कलाकार संघ र किरात राई विधार्थी संघको संयुक्त आयोजनामा चलचित्रको च्यारिटी शो गर्न लागिएको हो ।

(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)