केकीको आग्रहमा ऋचा राजी

बैशाख, काठमाडौं ।

यहि आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रचारप्रसारलाई निर्माण टिमले तिब्र बनाएको छ । नायिका केकी अधिकारीले पहिलो पटक लगानी गरेको यो चलचित्रमा केकीसँगै तीन नायिका एकसाथ देखिदैछन् । तीन चर्चित नायिका एकैपर्दामा देख्न पाउनुदर्शकका लागी फरक स्वाद पनि हुनसक्छ ।

यसैबिच चलचित्रको निर्माण टिम तथा कलाकारहरुले बुधबार सञ्चारकर्मिहरुसँग चलचित्रको बिषयमा अन्तक्र्रिया गरेका छन् । केकीले पहिलो पटक निर्मात्री भएर आउँदा धेरैकुराको अनुभव बटुल्न पाएको बताइन् । ‘नायिका मात्र भएर काम गर्दा र निर्मात्री भएर काम गर्दा धेरै फरक हुदो रहेछ, केहिकुरामा फरक हुन्छ भन्ने अनुमान त थियो तर आफैले भोग्दा धेरैकुरामा ज्ञान पाइयो’, उनले भनिन् । यस्तै चलचित्रले दर्शकको मन कत्तिको जित्न सक्ला भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा केकी भन्छिन्– ‘हामीले आफ्नो तरिकाबाट चलचित्र निकै दुख गरेर निर्माण गरेका छौं, कुनैपनि कुरामा कन्जुस्याङ नगरी चलचित्र तयार भएको छ, आशा छ दर्शकले मन पराइदिनुहुनेछ’

यस्तै चलचित्रकी अर्कि नायिका ऋचा शर्माले आफ्ना अहिलेसम्मका चलचित्रमा देखिएका भन्दा निकै फरक भूमिका ‘कोहलपुर एक्सप्रेस’मा रहेको बताइन् । ‘मलाई यो भूमिका निकै चूनौती पुर्ण थियो, तिर्सना नामको युवतीको भूमिका गर्नका लागी चलचित्र गर्नुभन्दा धेरै अघिदेखी वर्कसप गरेकी थिएँ’, ऋचाले भनिन् । यस्तै उनले आफ्नो भूमिका मोडल तिर्सना बुढाथोकीसँगको हुनहु नभएर उनीसँग प्रभावित मात्र भएको बताइन् ‘अहिले मोडल तिर्सना जी र मेरो निभाएको तिर्सना भूमिकाको बारेमा सामाजिक सञ्जालमा टिकाटिप्पणी चलेको देखेकी छु, उहाँसँग प्रभावित भूमिका मात्र हो भन्न चाहान्छु’, उनले थपिन् । उनले निर्मात्री केकीको आग्रहले मात्र तिर्सना भूमिकामा काम गर्न राजी भएको पनि खुलाइन् ।

यस्तै नायिका प्रियंका कार्कीले दर्शकले तीन नायिकालाई चलचित्र हेरिसकेपछि बिल्कुलै फरक रुपमा पाउने बताइन् । ‘अहिले जसरी प्रियंका, ऋचा, केकी भनेर दर्शकले हेर्नुहुन्छ चलचित्र हेरिसकेपछि चलचित्रकी नामले हामीले चिन्नुहुन्छ होला’, उनले भनिन् । यस्तै चलचित्रका निर्देशक नायक बिनोद न्यौपानेले तीन स्टार नायिकाहरुसँग काम गर्न पाउँदा खुसी लागेको र निकै सहज भएको पनि सुनाए । निर्देशक बिशाल भण्डारीले तीन नायिकालार्य एकैपर्दामा उतार्ने आफ्नो चाहाना पुरा भएको बताए । यस्तै उनले तीनै जनालाई एकै फ्रेममा राख्नु निकै च्यालेन्जको बिषय भएको र त्यो बिषयपनि मिलाएरै पुरा गरेको बताए । चलचित्रमा बुद्धि तामाङ, रबिन्द्र झा र बालकलाकार कशाग्र भट्टराईको पनि मुख्य भूमिका छ ।