आजबाट हलमा दुई चलचित्र, प्रियंका छिन् चारै चलचत्रिमा

बैशाख, काठमाडौं ।

आज (शुक्रबार) बाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । बिशाल भण्डारी निर्देशीत ‘कोहलपुर एक्सप्रेस’ र मिलन चाम्स निर्देशीत ‘ह्याप्पी डेज’ एकसाथ प्रदर्शनमा आएका हुन् । कोहलपुर एक्सप्रेस’ मा नायिका केकी अधिकारी, प्रियंका कार्की र ऋचा शर्मा शर्माको मुख्य भूमिका छ भने ‘ह्याप्पी डेज’ मा नायिका प्रियंका कार्की र दयाहाङ राईको मुख्य भूमिका रहेको छ ।

प्रदर्शनको मिति भन्दा दुईदिन अघिमात्रै ‘ह्याप्पी डेज’ टीमले भने को नयाँ गीत सार्वजनिक गरेको थियो । ‘सुस्त यो’ बोलको उक्त गीतमा नरेश भट्टराईको शब्द, तारा प्रकाश लिम्बूको संगीत, गायिका दीपा लामा र ताराकै आवाज छ । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र दयाहाङ राई फिचर छन् । राम कुमार केसीले खिचेको यस गीतको भिडियोमा अर्जुन जिसीको सम्पादन र रेनिश फागोको रंग संयोजन रहेको छ । चलचित्रमा भवानी शर्मा, हिरल जोशी र निर्देशक चाम्सको लगानी रहेको छ ।

यस्तै ‘कोहलपुर एक्सप्रेस’लाई केकी अधिकारीले निर्माण गरेकी हुन् । लगानीमा पहिलोपटक हात हालेकी केकी बिगत केहि महिनादेखी निकै दौडधुपका साथ चलचत्रिको प्रमोशनमा ब्यस्त थिइन् । आजबाट प्रदर्शनमा आएका यी दुबै चलचित्रमा नायिका प्रियंका कार्कीको अभिनय छ । पछिल्लो समयकी निकै ब्यस्त नायिकाको रुपमा चिनिएको प्रियंकाको अहिले चारचलचित्र प्रदर्शनरत छन् । आजबाट प्रदर्शनमा आएका यी दुई चलचित्रसँगै प्रदर्शन भइरहेको चलचित्र ‘शत्रु गते’ र ‘लिलिबिली’मा पनि प्रियंकाको अभिनय देख्न सकिन्छ । यसरी एकपछि अर्को चलचित्रमा सस्तो रुपमा आइरहँदा दर्शकमाझ उनको क्रेज कस्तो होला भन्ने प्रश्न उठ्न जान्छ । तर प्रियंका भने आफुले अभिनय गरेका चलचित्र एकैसमयमा प्रदर्शन हुनुमा आफ्नो कुनैपनि भूमिका नभएको बताउँछिन् । उनका अनुसार निकै पहिले निर्माण भएका चलचित्र पनि अहिले एकैसमयमा आएर प्रदर्शन भएको हुँदा यो बिषयमा केहि भन्न नसक्ने बताउँछिन् ।