‘गोपी’ मा खगेन्द्र र सुरक्षाको जोडी

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नयाँ चलचित्र ‘गोपी’ निर्माण हुने भएको छ । बुधबार एक कार्यक्रमका बिच चलचित्र निर्माण घोषणासँगै चलचित्र टिम चिनाइयो । जसमा नायक खगेन्द्र लामिछाने, नायिका सुरक्षा पन्त र अंकित खड्काको मुख्य भूमिका रहनेछ । देशमै केही गर्छु भन्ने यूवाको मुलकथामा निर्माण हुने बताइएको यो चलचित्रको कथा गोपी पात्रको वरिपरी घुम्नेछ ।

आउँदो भदौ १ गतेबाट छायांकनमा निस्कने यो चलचित्र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । जसको आरोही केसी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । चलचित्र ‘घामपानी’ निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दैछन् ।  चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा, दीपेन्द्र लामाकै कथा, निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्र डी कार्कीको छायांकन रहने बताइयो ।

कार्यक्रममा बोल्दै नायक खगेन्द्रले आफुलाई बारम्बार दोहोरिने प्रश्न अब कसैले नसोध्ने बताए । उनले धेरैले अरुको कथाको चलचित्रमा काम नगर्ने ? भन्ने प्रश्न गर्ने गरेको बताए । ‘मलाई धेरैले एउटै प्रश्न गर्नुहुन्छ, अब अन्यको कथामा कामगर्दा यो प्रश्न बन्द हुन्छ होला’, उनले भने । यस्तै नायिका सुरक्षा पन्तले राम्रो टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् । सुरक्षाले यो भन्दा अघि ‘धनपति’ चलचित्रमा खगेन्द्रसँग काम गरिसकेकी छिन् ।

चलचित्रका निर्देशक दीपेन्द्रले पहिलो चलचित्र ‘घामपानी’बाट धेरे अनुभव लिन पाएको र यस चलचित्रमा तिनै अनुभवलाई प्रयोगमा ल्याउने बताए । चलचित्रका कार्यकारी निर्माता श्रीधरले आफ्नो दुईलक्ष्य मध्येको एक लक्ष्य चलचित्र निर्माण गर्नुरहेको र त्यो पुरा भएको बताए ।

Event Video: