एभेन्जर्सले बनायो रेकर्ड

वैशाख, (एजेन्सी) ।

हलिउडको सुपरहीरो चलचित्रले ‘एभेन्जर्सः इन्फीनिटी वार’ अहिलेपनि नेपालका मल्टिप्लेक्सहलहरुमा हाउसफुलका साथ ब्यापार गरिरहेको छ । अहिलेसम्म विभिन्न किर्तिमान बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  पहिलो रेकर्ड एभेन्जर्स अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो विकेन्ड ओपनर बनेको छ । यो चलचित्रले पहिलो तीन दिनमा २५ करोड डलर अर्थात २५ अर्ब रुपैयाँ ब्यापार ग¥यो । यसअघि यो रेकर्ड ‘स्टार वार्सः द फोर्स अवेकन्स’ को नाममा थियो । सन् २०१५ मा यो फिल्मले २४.८ करोड डलर कमाई गरेको थियो ।

यस्तै एभेन्जर्स संसारकै सबैभन्दा ठूलो ओपनर हो । विश्वव्यापीरुपमा फिल्मले पहिलो सप्ताहान्तमा ६३ करोड डलर कमाएको छ । पछिल्लो रेकर्ड ‘द फेट अफ फ्यूरियस’ को नाममा थियो, जसले पहिलो सप्ताहान्तमा ५४ करोड डलर कमाएको थियो । यस्तै पहिलो विकेन्डका आधारमा एभेन्जर्स अमेरिका र विश्वभरीकै सबैभन्दा ठूलो सुपरहीरो फिल्म बनेको छ ।

यस्तै भारतमा एभेन्जर्सले ४ दिनमा १ सय ४७ करोड भारु ग्रस कमाइसकेको छ । यो वर्ष सप्ताहान्तमा सबैभन्दा बढि व्यापार गर्ने फिल्मको रेकर्ड पनि यसले राखेको छ । फिल्मले पद्मावद र बागी जस्ता फिल्मलाई उछिनेर पहिलो दिन ३१.३० करोड भारु कमाएको थियो । यो कुनै पनि हलिउड फिल्मले भारतमा गरेको अत्यधिक व्यापार हो ।