जेठ ४ देखि नचल्ने भए हलमा फिल्म

...

<pre style="text-align: justify; "><b>वैशाख, काठमाडौ । </b></pre><p style="text-align: justify; ">चलचित्र निर्माता संघले राखेको २ बुदे मागमा संघले आजसम्म कुनै पनि किसिमको चासो नदेखाइको कारणले गर्दा चलचित्र निर्माताहरुले उक्तm दिन बन्द गर्न लागेको हो । सघंष समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रममा सम्पूर्ण चलचित्रकर्मीहरु आखाँमा कालो पट्टी वाधेर हलमा उपस्थित हुनेछन् । जेठ २ गते चलचित्र विकास वोर्डमा कुनै पनि चलचित्र सेन्सर नगर्नका लागि दबाब दिदै धर्ना वस्ने छन् । त्यस्तै जेठ ४ गते वाट सम्पूर्ण हलहरुमा कुनै पनि फिल्महरु लाग्न नदिने घोषण गरेका छन् ।</p><p style="text-align: justify; ">नेपाल चलचित्र निर्माता संघका संघर्ष समितीका संयोजक रोज राणाको अध्यक्षतामा बसेको बैठकले विभिन्न ३ बँुदे कार्यक्रमको घोषणा गरेको हो ।&nbsp; राणाले आफुहरु सेयरको बाडँफाँडको विषयमा लचिलो हुन नसक्ने वताए । उनले भने निर्माता लाई ६० प्रतिशत र प्रर्दशकलाई ४० प्रतिशतको जुन सेयर माग गरेका छौ त्योबाट हामि पछि हट्ने छैँनौ भनि वताएका छन् ।</p>