<pre style="text-align: justify; "><b>वैशाख काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘मनाङ्गे नानी’ को ट्रेलर सार्बजनिक गरिएको छ । सार्बजनिक ट्रेलरमा माया, प्रेम, द्वन्द लाई देखाईएको छ । ट्रेलरमा चलचित्रमा रहेका सबै कलाकारहरु फिचरिङ छन् । ट्रेलरमा निकै मनमोहक दृश्यहरुको समाबेश रहेको छ । नेपालका मनोरम पर्यटकीय ठाँऊ मनाङको तिलिचो तालको पेरिफेरीमा छायांकन गरिएकोले निकै राम्रो बनेको सहजै अनुमान लगाउन सकिन्छ । ट्रेलरले दर्शकको मन जित्ने पक्का देखिएको छ ।चलचित्र वैशाख २८ बाट प्रदर्शनमा आउदैछ । चलचित्रमा नायकका रुपमा यसअघि चलचित्र ‘चिनो’ र ‘तिमि बिनाको जिबन’ चलचित्रमा नायकका रुपमा अभिनय गरिसकेका नायक भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङको अभिनय रहेको छ । चलचित्रको छायांकन ७० प्रतिशत भन्दा बढी मनाङका रमणिय स्थानहरुमा भएका छन् । </p><p style="text-align: justify; ">खुस बहादुर गुरुङको कथा,पटकथा, गीत, संगीत र निर्देशन रहेको चलचित्रमा श्रीकृष्ण फुयालको छायांकन रहेको छ भने जनक गुरुङको द्वन्द रहेको छ । गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया गुरुङ ले संयुक्त रुपमा निर्माण गरेका हुन् । सुबास गुरुङ, मनाङ गुरुङ ,ओमन गुरुङको नृत्य निर्देशन रहेको फिल्ममा प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ कार्यकारी निर्माताका रुपमा रहेका छन् ।</p><pre style="text-align: justify; "><b>Trailer:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/FIsTydrrpSs" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>






२४ बैशाख २०७५, सोमबार १३:३७ 








