काठमाडौंको ज्वेलरी उद्द्घाटनमा करिश्मा कपुर

...

<pre style="text-align: justify; "><b>वैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">बलिउड नायिका करिश्मा कपुर काठमाण्डौको दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’को शाखा उद्घाटन गर्न नेपाल आएकी छिन् । सोमबार दिउँसो १२ बजे ज्वेलरी उद्दघाटन गरेकी करिश्मा सोमबार नै स्वदेश फर्किएकी छिन् । करिश्माले रिबन काट्दै शाखाको अवलोकन गरेकी थिइन् ।&nbsp;</p><p style="text-align: justify; ">कार्यक्रममा बोल्दै करिश्माले सगरमाथाको देश नेपाल आफुलाई निकै मनपर्ने बताइन् । यस्तै उनले नेपाल १५ बर्ष एकपटक आइसकेको पनि जानकारी दिइन् । ‘नेपाल सगरमाथाको देश हो । मलाई निकै मनपर्छ ।’, उनले भनिन् । मेरिगोल्ड ज्वेलर्सकी संचालीका ज्योत्सना श्रेष्ठले आफूहरु ग्राहकको मायाले यो स्थानमा पुगेको भन्दै सधै ग्राहकको सन्तुष्टीका लागि काम गर्न बताइन् ।&nbsp; ‘राजा हिन्दुस्तानी’, ‘दिल तो पागल है’, ‘बिबी नं १’ लगायत चर्चित चलचित्रमा अभिनय गरेकी करिश्मा पछिल्ला वर्षहरुमा अभिनयमा निस्क्रिय छिन् । उनी बलिउड अभिनेत्री करीना कपूरकी दिदी हुन् ।&nbsp;</p>