धुर्मुसलाई फिल्म खेलाइयो भने अन्याय हुन्छः दीपकराज

वैशाख, काठमाडौं ।

शुक्रबार बिहान भक्तपुरको सुर्यबिनायकस्थित गणेश मन्दिरबाट चलचित्र ‘छक्का पञ्जा ३’को छायांकन शुरु भयो । सम्पुर्ण कलाकार तथा निर्माण टिमका बिच चलचित्रको शुभमुर्हत गरियो । सञ्चारकर्मिहरुका बिच कलाकारहरुले आ–आफ्नो भनाई राख्नेक्रममा चलचित्रलाई शुभकामना दिएका थिए ।

यसैबिच निर्माता दीपकराज गिरीलाई सञ्चारकर्मिहरुले प्रश्न गरे, तपाईको टिममा सिताराम कट्टेल (धुर्मुस्)लाई किन अटाउनुभएन ? दीपकले यस्तो उत्तर दिए, ‘अहिले धुर्मुस् भाई सामाजिक कार्यमा लागिरहनुभएको छ । अहिले दुखी गरिबहरुका लागी धुर्मुसको खाँचो छ, चलचित्रमा खेलाइयो भने ती जनतामाथि अन्याय हुन्छ’, दीपकले भने । साथै दीपकले ‘छक्का पञ्जा’को अन्य सबैजसो टिमका साथीहरु समावेश गरेको बताए । कलाकार निर्मल शर्माभने आफ्नै खुसीले चलचित्रमा समावेश नभएको बताए । ‘मेरो कर्तब्यको हिसाबले निर्मल जीलाई बोलाएको थिए, तर बिबिध कामले गर्दा आउन सकिन भन्नुभयो’, दीपकले भने ।

चलचित्रमा यसपटकको तेस्रो सिजनमा नायिका दिपिका प्रसाई र नायक पुष्पल खड्कापनि जोडिएका छन् । चलचित्रमा दीपकको जोडीको रुपमा दिपिका हुने बताइएको छ । चलचित्र दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् भने दीपकराज गिरी, पुष्पल खड्का, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी,प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको  ‘छक्का पन्जा ३’ मा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाई, दीपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । यस चलचित्रको गीतमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ ।

कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठको संवाद रहेको छ । ‘छक्का पन्जा ३’ को कथा दीपकराज आफैंले लेखेका हुन् । चलचित्र आगामी बिजया दशमीको छेकोमा प्रदर्शनमा आउने छ ।

video: