‘हरी’ बने बिपिन (ट्रेलर)

जेठ, काठमाडौ ।

अभिनेता बिपिन कार्कीको चलचित्र ‘हरी’ यहि जेठ १८ गतेबाट प्रदर्शन हुने भएको छ । यसअघि जेठ ४ लाई प्रदर्शन मिति तोकिएको थियो भने चलचित्र निर्माता र बितरकहरुको छलफलले पुनः चलचत्रिलाई १८ मा ल्याइएको हो । बिहिबार चलचित्रको ट्रेलर सार्वजनिक गरेसँगै नयाँ प्रदर्शन मिति पनि तोकिएको हो ।

हरी युनिटले यसअघी ट्रेलर सार्वजनिक गरिसकेको थियो भने अहिलेको दोस्रो ट्रेलर हो । बिपिनले आफुलाई सधैं नयाँ र नौलो भूमिकामा प्रस्तुत गर्न रुचाउँँछन् । उनले ‘हरी’ चलचित्र आफुले गरेको चलचित्र मध्येकै उत्कृष्ट भएको बताउँछन् । ‘मलाई आँफूले गरेको चलचित्रमध्ये सबैभन्दा बेष्ट ‘हरी’ लागेको छ । मैले धेरै पहिलेदेखी यस्तो प्रकारको चलचित्र गर्ने सोचमा थिए’, बिपिनले भने । यस्तै उनले नेपालमा यस्ता प्रकारका चलचित्र खासै बन्ने नगरेको र पछि पनि यस्तै चलचित्रबाट अफर आएमा काम गर्ने बताए ।

चलचित्रमा बिपिनसंगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको अभिनय रहेको छ । चलचित्र शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा कार्यकारी निर्माता रहेको चलचित्र लेखन तथा निर्देशन सफल केसी र प्रतीक गुरुङले गरेका हुन् । फिल्ममा चिन्तन राजभण्डारीको छायाङ्कन र अर्जुन कार्कीको सम्पादन रहेको छ । यस अधि बिपिनले पशुप्रसाद, नाका, यात्रा इत्यादी चलचित्रमा अभिनय गरिसकेका छन् ।

Video: