जापानमा प्रदर्शन हुँदै ‘डमरुको डण्डीबियो’

जेठ, काठमाडौं ।

अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको चलचित्र ‘डमरुको डण्डीबियो’ले देश बाहिरको प्रदर्शन शुरु गरेको छ । चलचित्रले बुधवार जापान राईट्स ७ लाखमा बिक्री भएको छ । सेभेन समुराई इन्टरनेशनलका प्रतिनिधि राजु लामा र समृद्धी इन्टरटेनमेन्टका प्रतिनिधि अर्थात् चलचित्रका निर्माता बिनोद गुरुङले जापान राईट्सको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सेभेन समुराईका एमडी रेशमकुमार डंगोल हुन् ।

शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा समेटिएको यो चलचित्र अहिले नेपालमा तेस्रो सातामा प्रदर्शन भइरहेको छ । चलचित्र छेतेन गुरुङ्गले निर्देशन गरेका हुन् । चलचित्रमा कथा खगेन्द्रले नै लेखेका हुन् । चलचित्रमा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, इंगी होपो सुनुवारलगायतका कलाकारको लिड रोल छ ।  समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेले ‘डमरुको डण्डीबियो’ निर्माण गरेका हुन् ।