जेठ, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा पछिल्लो समय एकगीतले नै चर्चामा ल्याइदिएका थुप्रै गायक तथा गायिका छन् । संगीतशिक्षा नलिई एक गीत गाएकै भरमा रातारात गीत हिट बनाई चर्चामा आउन चाहानेहरु पनि प्रसस्तै भेटिन्छन् । त्यसरी संगीत नबुझि आउनेहरु झिनभरको घामजस्तै गरी हराएको पनि मज्जैले देखिन्छ ।

यस्तै संगीत पढेर र राम्रोसँग बुझेर आउनुपर्छ भन्ने गायिका मध्येकी एक हुन् निशा घर्ति मगर (जिएम) । सानैदेखी गीत गाउनमा रुचि राख्दै आएकी निशा यो क्षेत्रमा लागेकै १ दशक पुरा भएको छ तर उनले गाएका गीतहरु संख्यात्मक हिसाबमा निकै कम छन् । उनले अहिलेसम्म आधादर्जन गीत पनि गाएकी छैनिन् । धेरै गीत गाएर मात्र सफलता मिल्नेमा विश्वास राख्दिनन् उनी, राम्रा गीत थोरै गाउँदा आफुलाई सफलता मिलेको अनुभूति गर्ने गर्छिन् । ‘म यो क्षेत्रमा प्रवेश गरेको दशबर्ष पुग्यो तर गीत धेरै गाउनै पर्छ भन्ने हुँदैन । जतिगीत गाएकी छु, सन्तुष्ट छु’, निशाले भनिन् । उनले दर्शक तथा श्रोतामाझ धेरै नै लोकप्रिय बन्ने चाहाना जुनसुकै कलाकारको पनि हुने तर अहिलेनै आँफु नआत्तिएको बताइन् । उनले धैर्यतामा विश्वा गर्ने गरेको बताउँछिन् । ‘सफलता पाउनका लागी आत्तिएर हुँदैन, कामगर्दै जानेहो एकदिन हुन्छ, त्यसैले मैले धैर्यतामा विश्वार राख्ने गर्छु ।’, निशाले भनिन् ।

उनी काठमाडौं आइसकेपछि आर.आर क्याम्पसमा संगीत कक्षा पनि पढिन् र अहिले निरन्तर गीतसंगीत क्षेत्रमै संघर्ष गरिरहेकी छिन् । ‘यो क्षेत्रमा सुरुवातका समयमा धेरे संघर्ष गर्नुपर्छ भन्ने मैले राम्ररी बुझेकी छु, मेरो संघर्षका दिन अझै धेरै बाँकी छन् ।

निशाले सबै प्रकारका गीत गाउँन सक्छिन्, बिशेषतः सानैदेखी आधुनिक गीतमा रुचि राख्नेभएपनि, लोकगीत देखी, आधुनिक, पप सबैप्रकारका गीत एकएक पटक गाउने अवसर पाएकी छिन् । उनले पहिलो गीत ‘पानीमा तेल’ बोलको लोकदोहोरी गीत हो जसमा पुर्ण बुढामगरले साथ दिएका छन् । यस्तै ‘आउ न आउ’ बोलको आधुनिक गीतमा पनि पृथ्वी जिएमसँग उनले स्वर दिएकी छिन् । भर्खरमात्र निशाले चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतमा ‘झर्कि झर्कि’ बोलको गीत बजारमा ल्याएकी छिन् । जुन गीतलाई एकसाता भित्रमै दर्शक तथा स्रोताले राम्रो प्रतिक्रिया दिएका छन् । गीतको भिडियोमा पनि निशा आँफै देखिएकी छिन् । उनको भिडियोमा देखिने सोख नभएता पनि केहि आफ्नै गीतको भिडियोमा देखिएकी छिन् ।

रोल्पामा जन्मिएर दाङलाई कर्मथलो बनाउँदै गीतसंगीतलाई बुझ्दै आएकी निशाले घोराईमा बसेर केहिसमय संगीत सिकेको बताउँछिन् । साथै अवसरको खोजीकै कारण आफु काठमाडौं आएको बताउँछिन् । ‘गाउँघरमा बसेर गीत गाउने भन्ने सपना पुरा हुँदैन भन्ने लाग्यो, त्यसैले अवसरको खोजिमै म काठमाडौं आएकी हुँ’, निशाले भनिन् । उनी काठमाडौं आइसकेपछि आर.आर क्याम्पसमा संगीत कक्षा पनि पढिन् र अहिले निरन्तर गीतसंगीत क्षेत्रमै संघर्ष गरिरहेकी छिन् । ‘यो क्षेत्रमा सुरुवातका समयमा धेरे संघर्ष गर्नुपर्छ भन्ने मैले राम्ररी बुझेकी छु, मेरो संघर्षका दिन अझै धेरै बाँकी छन् ।

मलाई सुरुवातका दिनहरुमा सहयोग गर्नुहुने सबैलाई सम्झिन चाहान्छु’, निशाले संघर्षका दिन सम्झिदै भनिन् । उनले छोटो समयमै हिट हुने आशयले आउनेहरु यो क्षेत्रमा टिक्न नसक्ने पनि बताइन् । ‘अहिले यो क्षेत्रमा ह्वात्तै हिट हुन चाहानेहरु धेरै छन्, भएका पनि छन्, तर त्यो छिनभरका लागी मात्र हुन्छ’, निशाले भनिन् । राम्रो गाउँनुपर्छ तर तपाईका लागी संख्यात्मक हिसाबमा निकै थोरै हैन र भन्ने हिमालय टाइम्सको प्रश्नमा निशा भन्छिन्, ‘हो मैले गीत थोरै नै गाएकी हुँ, अबभने संख्यात्मक हिसाबको केहि बढाउने सोचमा पनि छु, तर बढाउने भन्दैमा एक गीत बजारमा पुग्न नपाउँदै अर्को गाइहाल्ने भन्ने होइन ।’

आजको हिमालय टाइम्समा प्रकाशित छ