दशकका दश अवार्डः रेखा–आर्यन देखी विकास–छविसम्मलाई सम्मान

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">डि सिने अवार्डमा सर्वाधिक अवार्ड पाउने र लामो समयसम्म सक्रियता कायम राख्ने दश सर्जकलाई छायाँछविले सम्मान गरेको छ ।&nbsp; डिसिने अवार्डको दशैं संस्करणमा दश व्यक्तिलाई सम्मान गरिएको हो ।&nbsp;</p><p style="text-align: justify; ">शुक्रबार आयोजना गरिएको कार्यक्रममा नायक आर्यन सिग्देलले दशकका नायकको अवार्ड पाउन सफल भए भने नायिकामा रेखा थापा ले दशककी नायिकाको अवार्ड उचालिन् । यस्तै ‘नाईं नभन्नू ल’ सिरिज बनाएर नेपाली चलचित्र क्षेत्रमा इतिहास कायम गरेका निर्देशक विकास आचार्यलाई दशकका निर्देशकको अवार्ड प्रदान गरियो । दशकका निर्माताको अवार्ड नेपाली फिल्म क्षेत्रका ‘बा’ अर्थात निर्माता छविराज ओझाले पाए ।</p><p style="text-align: justify; ">यस्तै लेखक शिवम अधिकारी, छायाँकार पुरुषोत्तम प्रधान, संगीतकार अर्जुन पोखरेललाई दशकका अवार्ड प्रदान गरियो । द्धन्द्ध निर्देशक चन्द्र पन्त, डान्स डिरेक्टर कविराज गहतराज र सम्पादक विपिन मल्ल दशकका अवार्ड विजेतामा पर्न सफल भए । कार्यक्रममा फिल्म ‘डा।खाते’ र ‘माई लभ’ लाई विशेष सम्मान गरियो । डि सिने अवार्ड दशकका कार्यक्रममा अभिनेत्री तथा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, नायिका रेजिना उप्रेती, नीता ढुंगाना, वरिष्ठ अभिनेत्री बसुन्धरा भूषाल, चैत्यदेवी सिंह लगायत उपस्थित थिए ।</p><p style="text-align: justify; "><font color="#9c9c94">-file photo</font></p>