र्याम्पमा नायक–नायिका देखी पत्रकारसम्म

जेठ,काठमाडौं ।

‘फेशन ट्रेड सिजन टू’ सम्पन्न भएको छ । फेसियल हाउसले आयोजना गरेको उक्त फेशन शोमा चर्चित सेलिब्रिटीदेखि पत्रकारसम्म ¥याम्पमा उत्रिएकाथिए । फेशन शोमा परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरनसम्म प्रस्तुत गरिएको थियो । फेसियल हाउसले ‘फेशन सवैका लागि’ अवधारणामा गरेको फेशन शोमा ७ वटा सिक्वेन्स प्रस्तुत गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठले फेशन सवैका लागि उत्तिकै जरुरी भएको बताए । फेशनले स्वस्थ रहन सघाउने बताउँदै उनले भने, ‘आफ्नो पेशा अनुसारको फेशन सेन्स सवैमा हुन जरुरी छ । फेशनमा कन्सियस हुनेहरु स्वास्थ्यप्रति पनि कन्सियस हुन्छन् ।’ फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर शुष्मा महराले ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ले फेसनको दुनियाँमा नयाँ मान्यता स्थापित गरेको बताइन् । फेशनसँग जनजीवनलाई जोड्ने प्रयास अन्तर्गत आफूहरुले फेशन शोको परम्परागत अवधारणालाई परिवर्तन गर्न खोजेको फेसियल हाउस इन्टरटेनमेन्टका अध्यक्ष उज्वलजंग शाह बताउँछन् ।

चर्चित सेलिब्रिटी तथा राजनीतिज्ञ करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री क्षितिजा शाक्य, दिक्पाल कार्की, एसराज गराच, पूर्व मिस्टर नेपाल गणेश अग्रवाल लगायत ¥याम्पमा उत्रिएका थिए । यस्तै थुपै पत्रकारहरुलाई पनि ¥याम्पमा उतारियो । केपी ढुंगाना, डिबी खड्का, सुव्रत आचार्य, लक्ष्मण सुवेदी, दिपेन्द्र घिमिरे लगायतका २० जना पत्रकाहरुलाई पनि ¥याम्पमा उतारिएको थियो । उक्त कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउत लगायतका गायक गायिकाले आफ्नो प्रस्तुति दिएका थिए ।