<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नेपाली गीतसंगीतको इतिहासमा छुट्टै पहिचान बनाउन सफल भएकी गायिका अन्जु पन्त अहिले पनि निकै ब्यस्त छिन् । उनी गीत रेकर्डकै लागी दिनहु ब्यस्त हुने गर्छिन् । पछिल्लो समय बिशेषतः चलचित्रको पाश्र्व गायनमा सक्रिय भइरहेकी गायिका अञ्जु सुगम संगीतका गीतमा पनि उत्तिकै समय दिन भ्याइरहेकी छिन् । दर्जनौं लोकप्रिय गीतकी यी गायिकाको स्वरमा रेकर्ड भएको एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ । आधुनिक शैलीको ‘त्यो मनसंग यो मन…’ गीतमा गायिका अञ्जु निकै मेलोडियस सुनिएकी छिन् ।<br></p><p style="text-align: justify; ">ओम कर्माचार्यको संगीत तथा संगीत संयोजनमा तयार भएको उक्त गीतका रोमान्टिक शब्दहरु गीतकार अम्बिका ज्ञवालीले रचना गरेकी हुन् । गीतकार ज्ञवालीले गीतका शब्दहरु लेखेका हुन् । यस्तै यसैगीतको म्युजिक भिडियोमा गीतकार ज्ञवालीलाई मोडलको रुपमा देख्न सकिन्छ । भिडियोमा गीतकार ज्ञवालीले अभिनेता अनिल थापासँग अनस्क्रिन रोमान्स गरेकी छिन् । उत्सव दाहालद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।</p><p style="text-align: justify; ">चलचित्र कोहलपुर एक्सप्रेसका युवा निर्देशक विशाल भण्डारी यही भिडियो मार्फत पुनः म्युजिक भिडियोको निर्देशनमा सक्रिय भएका छन् । उक्त चलचित्रका लागि धेरै समय खर्चिएका भण्डारी चलचित्रको प्रदर्शनपछि पुनः भिडियोमा सक्रिय भएका हुन् । प्रस्तुत गीतको भिडियो उनले पछिल्लो चरणमा निर्देशन गरेका भिडियोहरु मध्येको एक हो । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/cjfh76v3k84" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>






१८ जेष्ठ २०७५, शुक्रबार ०१:२१ 








