वरुण धवन घाईते अवस्थामा

...

<pre><b>मुम्बई, एजेन्सी&nbsp; ।</b></pre><p style="text-align: justify; ">बलिउड अभिनेता वरुण धवन हाल चलचित्र 'कलंक'को छायांकनमा ब्यस्त छन् । मुम्बई रिपोर्टसका अनुसार वरुण छायांकनको क्रममा घाइते भएका हुन् । बताइए अनुसार&nbsp; फाइटको छायांकनको क्रममा उनको पाखुरामा चोट लागेको हो । वरुण जुन सीनको छायांकन गरिरहेका थिए, त्यो सिनमा उसले एक ढोका उठाएर फ्याक्नु पर्ने थियो । यही सिन गर्दै गर्दा बरुणको पाखुरामा ढोकाले लाग्न पुगेको हो । त्यसपश्चात उनलाई तुरुन्त अस्पताल लान परेकोले चलचित्रको छायांकन रोकिएको छ ।&nbsp;<br></p><p style="text-align: justify; ">चलचित्र 'कलंक'मा&nbsp; वरुण आलिया भट्ट सँग चौथो पटक स्क्रीन शेयर गर्दै छन् । । यि दुईले २०१२ मा चलचित्र 'र्स्टूडेंट ऑफ द ईयर' बाट एक साथ बलिउडमा डेब्यू गरेका थिए। चलचित्रमा वरुण धवन र आलिया भट्टको अलावा संजय दत्त र माधुरीको जोडी पनि देखिने छ ।&nbsp; यो जोडी २१ बर्ष पछि फेरी चलचित्रमा एक साथ अभिनय गर्दै छन् । बताइए अनुसार चलचित्रमा संजय दत्त र माधुरी दीक्षित बुवा आमा को भूमिका निर्वाह गर्नेछन् ।&nbsp;</p>