निराजन ‘प्रेमालय’बाट पन्छिनुको कारण यस्तो

जेठ, काठमाडौ ।

अभिनेता निराजन प्रधान आफूले साइन गरेको आफ्नो डेब्यु चलचित्र  ‘प्रेमालय’मा अभिनय गर्नबाट पन्छिएका  छन् ।  उनी म्यूजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गर्न लागेका हुन् ।

बताइए अनुसार निराजनले यो प्रोजेक्टका लागि ८ महिनाभन्दा बढी समय दिएपनि अहिले सम्म पनि फ्लोरमा नगएपछि उनले चलचित्र छाडेका हुन् ।  उनले निर्माण टिमको कामको सुस्तताको कारण चलचित्र छोडेको खबर छ । । कुमार शाहले निर्देशन गर्ने चलचित्र  ‘प्रेमालय’मा निराजन प्रधान पन्छिएपनि अन्य कलाकारहरु भने यथावत रहेका छन् ।

निराजन निर्माण टिम प्रोफेसनल नभएका कारण चलचित्र छोड्न बाँध्य भएको बताउँछन् । उनी भन्छन् मैले  ८ महिनादेखि अरु कुनै प्रोजेक्टमा हात नहाली यही चलचित्रका लागि मात्र समय दिएँ । मलाई अरु धेरै चलचित्रहरुबाट अफर आएको थियो । तर पनि मैले यही चलचित्रमा लागी परे । अहिले सम्मपनि चलचित्रको छायांकन शुरु भएन म र निर्माण टिमबीच भएको ४५ दिनको सम्झौता सकिएको पनि धेरै भइसकेको थियो । यसकारण प्रेमालय’मा अभिनय गर्नबाट पन्छिएको हु । अब म चाँडै नयाँ प्रोजेक्टमा आबद्ध हुन लागेको छु