नेवारी रेष्टुरेष्ट उद्दघाटनमा निखिल

जेठ, काठमाडौं ।

नायक निखिल उप्रेती यतिखेर नेपाली चलचित्रक्षेत्रमा कम छाएका छन् । देश बाहिरको लामो बसाई पनि केहि समय निकै छाएका निखिल अहिले केहि चलचित्रको स्क्रिप्टको काममै ब्यस्त छन् त्यसैले पनि चलचित्रमा आएका छैनन् । यसैबिच उनी बिहिबार राजधानीको सामाखुसीमा रहेको टिपिकल नेवारी फुडल्याण्डको उद्दघाटनमा भेटिए ।

सामाखुसी चोकबाट उत्तर तर्फ दुईकि.मि.टाढा सञ्चालनमा आएको उक्त नेवारी रेष्टुरेष्ट उद्दघाटन समारोहमा बोल्दै निखिलले आफुलाई नेवारी खाना निकै मनपर्ने बताए । यस्तै उनले टिपिकल नेवारी फुडल्याण्डका सञ्चालक कृष्णलाल साहुखल (बाबा) सँगको सम्बन्ध निकै पुरानो भएकोले पनि उद्दघाटनमा आएको बताए ।

निखिलले आफु पछिल्लो समय फुर्सदमा भएको बताए । उनले अहिले आफुले केहि चलचित्रको स्क्रिप्टको काममा बसेको बताए । ‘म अहिले फुसएदमा छु भन्दा हुन्छ, चलचित्रको छायांकनको बेला जस्तो ब्यस्त नभएकोले फुर्सदमा भएको भन्दा हुन्छ, यस्तै कहिले मेलामहोत्सव र उद्दघाटन तिर पुगेको हुन्छु’, निखिलले भने । साथै उनले अझै केहि समय चलचित्रक्षेत्रबाट आराम गने बताए । तर चलचित्रक्षेत्रलाई कहिल्यै छोड्न नसक्ने उनको भनाई थियो । ‘मेरो नशा नशामा चलचित्र छ, अहिले केहि समयका लागी आराम गरेको हुँ, छोड्न भने कहिल्यै सक्दिन’, उनले भने ।

यस्तै टिपिकल नेवारी फुडल्याण्डका सञ्चालक बाबाले पनि चलचित्रक्षेत्रका चर्चित नायकलाई आफ्नो फुडल्याण्डमा ल्याएर उद्दद्धाटन गराउन पाउँदा निकै खुसी लागेको बताए । बाबा बिगत लामो समयदेखी ट्राभल क्षेत्रमा पन िआबद्ध छन् ।