पुरनको ‘पिरिम पर्या छन्’ साउन २५ मा

असार, काठमाडौं ।

हाँस्य प्रधान चलचित्र ‘पिरिम पर्या छन्’को प्रदर्शन मिति निश्चित गरिएको छ ।  निर्देशक पुरन थापाले शुक्रबार चलचित्रको पहिलो पोस्टर सार्वजनीक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।

निर्देशक पुरनकै लेखन रहेको यो चलचित्रमा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको पोस्टरमा प्रमुख कलाकारलाई अटाइएको छ ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको पिरिम पर्या छन् बिमल ढकालले खिचेका हुन् । निर्देशक पुरनको नयाँ फिल्म फेरि फेरि निर्माणको अन्तिम चरणमा पुगेको छ । अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा रहेको सो फिल्मभन्दा अघिनै पुरनले पिरिम पर्या छन् दर्शकमाझ ल्याउन लागेका हुन् । गाउँले परिवेशको समाजीक हाँस्य चलचित्रका रुपमा बताइएको पिरिम पर्या छन्का गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ । चलचित्र सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।