‘नाईं नभन्नू ल ५’ को फस्ट लुक सार्वजनिक

...

<pre><b>असार,काठमाडौ ।</b> </pre><p style="text-align: justify; ">चलचित्र नाईं नभन्नू ५ को फस्ट लुक सार्वजनिक गरिएको छ । दुई जोडीलाई पोस्टरमा स्थान दिँदै निर्माण टिमले चलचित्रको फस्ट लुक सार्वजनिक गरेको हो । पोस्टरमा डेब्यु अभिनेता अभिषेक नेपालसँग स्वस्तिमा खड्का देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग देख्न सकिन्छ ।&nbsp; चलचित्रमा थुप्रै सिनियर कलाकार भए पनि निर्माण टिमले पछिल्लो पुस्ताका कलाकारलाई सार्वजनिक गर्दै प्रचार प्रसार थालेको छ । निर्देशक विकास आचार्यले चलचित्रको कथा अनुसार चलचित्र को फस्ट लुक सार्वजनिक गरेको बताए ।‘नाईं नभन्नूल ५ सदा झैं फेमली ड्रामा हो । तर यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं । पोस्टर यस्तै कथाको झझल्को हो’ आचार्यले भने । चलचित्रमा दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ । हरेक सिरिजबाट कसै न कसैलाई डेब्यु गराउँदै आएका आचार्यले यो फिल्मबाट अभिषेक नेपाल र सेड्रिना शर्मालाई डेब्यु गराएका छन् । अभिषेकले स्वस्तिमाको जोडी भएर अभिनय गरेका छन् भने सेड्रिना अनुभवको जोडीको रुपमा देखिनेछन् । चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमिल्सना मिलेर लेखेका हुन् भने चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । चलचित्रको प्रर्दशन मिति भदौ ८ लाई तोकिएको छ ।&nbsp;</p><p style="text-align: justify; "><br></p>