‘एउटा यस्तो प्रेम कहानी’ को प्रचारमा दर्जनौं युवतीलिएर र्‍याम्पमा उत्रे शिव श्रेष्ठ

...

<pre><b>असार, काठमाडौ ।</b></pre><p style="text-align: justify; "> दिपेश सापकोटा निर्देशित चलचित्र 'एउटा यस्तो प्रेम कहानी' को छायांकन भर्खरै सम्पन्न भएको छ । आउँदो भदौलाई प्रर्दशन मिति तय गरेको चलचित्रको अफिसियल प्रदर्शन घोषणा भने गरिएको छैन । तर निर्माण टिमले भने अघोषित रुपमा प्रचार प्रसार सुरु गरेको छ । यसैको सुरुवात स्वरुप हालै राजधानीमा एक फेशन शो सम्पन्न भयो । स्टार अन दि रेड कार्पेट नाम दिइएको शोजमा दु दर्जन बराबर मोडलहरुले बिरालोको चालमा र्‍याम्प नापे । जहाँ मुख्य आकर्षण बने नेपाली तथा पाकिस्तानी चलचित्रका पुराना स्टार अभिनेता शिव श्रेष्ठ । शिवको आगमनसँगै सिट्ठी र ताली बज्यो, शो को उद्घाटन पनि भयो । प्रोमोशनल इभेन्ट अफ एउटा यस्तो प्रेम कहानी सव टाइटलमा सम्पन्न शोज फिस्टेल मुभिजको आयोजनामा सम्पन्न भएको थियो । जहाँ अमितेष कर्णको डिजाइनमा जोर्दोगी बुटिमको तर्फबाट तयार नेपाली संस्कृति झल्काउने, पश्चिमा भेषभुषा, पार्टी कलेक्सनसँगै विश्वकप फुटवल विशेष कलेक्सनमा मोडलहरुले र्‍याम्प नापेका थिए । अग्र पङ्गतीका कलाकार उपस्थित हुन नसक्दा अभिनेता नरेन खड्का, अभिनेत्री रेखा फागो, बिष्णु चेमजोङ र बाल कलाकार संवेग दर्शनधारीले चलचत्रिको&nbsp; तर्फबाट प्रस्तुति दिँदा गायक विश्व नेपाली, अस्मिता परियार, बिष्णु चेमजोङ, प्रज्वल नेपाली, राहुल नेपाली, रुशि नेपालीले उपस्थित दर्शकलाई गायनसँगै नृत्यको माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, सञ्जोग कोईराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुब कोईराला, बिष्णु चेमजोङ, लगायत लिड अभिनयमा छन् । फिस्टेल मुभिज र ट्रि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको चलचित्रको कथा शिव श्रेष्ठको छ । चलचित्रको निर्मातामा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा र आई छन् भने सह निर्मातामा सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधर छन् । चलचित्र सुशन प्रजापतिले खिचेका हुन् ।&nbsp;</p>