निबन्ध प्रबन्धको विकासक्रम बारे गोष्ठी

असार, काठमाडौं ।

निबन्ध प्रबन्धको विकासक्रम तथा यसका चुनौती र प्रभावकारिताबारे विचार गोष्ठी सम्पन्न भएको छ । नेपालभाषा परिषदको आयोजनामा भएको उक्त कार्यक्रममा प्रा. प्रेमशान्ति तुलाधरले नेपालभाषा साहित्यमा निबन्ध प्रबन्धको विकासमा एक दृष्टि विषयक कार्यपत्र प्रस्तुत गर्दै आफ्नो जीवनमा भोग्ने निजात्मक अनुभूतिको कलात्मक अभिव्यक्ति निबन्ध र वस्तुगत चिन्तन र बौद्धिक विमर्श प्रबन्ध भएको विचार व्यक्त गरे । परिषदका सचिव धु्रव मधिकर्मीले निबन्ध लेखनमा आएको ह्रासतर्फ सचेत हुन कार्यक्रमको आयोजना गरिएको बताएका थिए

यस्तै कार्यपत्रमाथि टिप्पणी गर्दै समालोचक पूर्ण ताम्राकारले आत्मपरक र वस्तुपरक निबन्ध लेखनका साथै विकासक्रमलाई विशेष महत्वका साथ विश्लेषण आवश्यक भएको बताए । परिषदका अध्यक्ष प्रा. सुवर्ण शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नवीन चित्रकार, विमलप्रभा बज्राचार्य, तुलसी सायमी, पुष्पराज राजकर्णिकार र समान्तले आआफ्ना विचार व्यक्त गरेका थिए ।