‘बुलबुल’मा ट्याम्पुचालकको भूमिकामा स्वस्तिमा खड्का

असार, काठमाडौं ।

चलचित्र ‘बुलबुल’ मा अभिनेत्री स्वस्तिमा खड्का ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन् । अवेकन आइजको प्रोडक्सनमा बन्न लागेकोे चलचित्र ‘बुलबुल’मा स्वस्तिमा नन ग्ल्यामरस भूमिकामा देखिन लागेकी हुन् । टेम्पो चालकको बाहिरी भित्री दुवै यात्राको कथा रहने चलचित्रलाई बिनौद पौडलेले निर्देशन गर्नेछन् । अस्कर कलेजका प्रिन्सिपलसमेत रहेका पौडेलले यसअघि ‘साँघुरो’को कथा पटकथा लेखेका थिए । घोषणा कार्यक्रममा बोल्दै निर्देशक पौडेलले चलचित्रले एक खाले समाजको दैनिकीलाई दुरुस्त उतार्ने बताए ।‘

चलचित्रको घोषणा कार्यक्रममा चलचित्रका बारेमा बोल्नु अतिशयोक्ति जस्तो लाग्छ । चलचित्रले नै बोलोस् भन्ने लाग्छ । हामीले चलचित्रमार्फत समाजका एक वर्गको चित्र प्रस्तुत गर्ने जमर्को गरेका छौं, उनले थपे, ‘ चलचित्र के कस्तो बन्छ त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो प्रयासमा इमान्दारिता देख्न पाउनु हुनेछ । अरु केही नभए पनि यो फिल्मले एक्टरको जन्म गराउनेछ ।’चलचित्रकोे मुख्य भूमिकामा देखिन लागेकी स्वस्तिमाले टेम्पो चालकको भूमिकामा आफूलाई तयार गराउन प्रशिक्षण लिइरहेकी छिन् । उनले चलचित्र आफ्ना लागि विशेष रहेको भन्दै चलचित्र आफ्नो कारणले मात्र नभइ टिमकै कारण राम्रो हुने बताइन् ।‘ यो चलचित्रमा मलाई हेर्न भनेर पनि कोही आउनु होला तर यो फिल्म स्टारको नभइ कलाकारको हो ,’ उनले भनिन्, ‘अनि निर्माताले मलाई स्टार भएर चलचित्र चल्छ भनेर लिएको पनि होइन । स्टार नै लिन खोज्नु भएको भए बजारमा मभन्दा धेरै चलेका कलाकार हुनुहुन्छ ।’निर्मातामध्येका एक अबिरल थापाले नेपाली चलचित्रकोे दृश्य भाषा र प्रस्तुतिलाई लिएर उठाइँदै आएका प्रश्नहरू मध्ये फिल्मले ५१ प्रतिशत प्रश्नको उत्तर दिने बताए ।‘हामी नेपाली चलचित्रका हरेक आरोहअवरोहबाट परिचित छौं । यसले खेप्दै आएका आलोचना पनि पढ्दै आएका छौं । यो फिल्म धेरै समीक्षकले उठाएका प्रश्न उत्तर हुने अपेक्षासहित बनाउने प्रयास रहनेछ । साउनको पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा कथा तथा पटकथा पनि बिनोद पौडेलकै रहेको छ । सुसन प्रजापतिको छायांकन रहने चलचित्रमा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको गीतमा कोेशिश क्षेत्री र उदगम परियारको सगीत रहेको छ ।