‘बाबु कान्छा’ को ट्रेलर सार्वजनिक, सलोनको यस्तो रुप (भिडियो)

असार,काठमाडौं ।

सलोन बस्नेत अभिनित चलचित्र ‘बाबु कान्छा’ को ट्रेलर सार्वजनिक भएको छ ।  ‘बाबु कान्छा’को मुख्य भूमिकामा  सलोन बस्नेत देखा परेका छन् । 'बाबु कान्छा’ को ट्रेलर हेर्दा चलचित्रमा सलोनको कलेजको लभर व्वाईको भूमिका रहेको स्पष्ट हुन्छ । प्रोमोमा सलोनको दमदार एक्सन समेत देख्न सकिन्छ। यसका साथै उक्त प्रोमोमा सलोन तथा करिश्माका अलावा सरोज खनाल,निर शाह राजाराम पौडेल लगायतका कलाकारहरुलाई समेत देखाईएको छ। चलचित्र ‘बाबु कान्छा’मा शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको छ। भने उक्त फिल्ममा सलोन बस्नेत, करिष्मा श्रेष्ठ,नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ तथा बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्। बाबु कान्छामा रबि अधिकारी कार्यकारी निर्माता रहेका छन्। भने, सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन्। चलचित्रमा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन तथा टंक बुढाथोकी संगीत रहेको छ। चलचित्रमा ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीतलाई रिमिक्स गरेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ। चलचित्रको प्रर्दशन मिति असार २९ लाई तोकिएको छ ।

(भिडियो) :