अमेरिकामा पनि ‘रोमियो एण्ड मुना’

...

<pre><b>असार, काठमाडौं ।</b> </pre><p style="text-align: justify; ">आउँदो साउन ११ गतेबाट नेपालमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘रोमियो एण्ड मुना’ नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने भएको छ । अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्र नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा प्रदर्शन गर्न लागिएको निर्माण टिमले जानकारी दिएको छ । नाम्लोका विक्रान्तमान श्रेष्ठले ‘रोमियो एण्ड मुना’ को अमेरिका राइट्स लिएका छन् । चलचित्रको अमेरिका राइट्स १५ लाख रुपैयाँ रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । अमेरिकासँगै युरोपका इटाली र जर्मनमा पनि चलचित्र बिक्री भएको निर्माता गोपालीको भनाई छ । चलचित्र नरेश कुमार केसीले निर्देशन गरेका हुन् । चलचित्रमा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । उक्त चलचित्र प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन् ।</p><div style="text-align: justify; "><br></div>