‘चि मुसी चि’ का यस्ता छन् पाँच गीत (अडियो जुकबक्स)

असार, काठमाडौँ  ।

चलचित्र चि मुसी चि”को अडियो जुकबक्स सार्वजनिक भएको छ । चलचित्रमा पाँचवटा गीत समावेश छन् । जुकबक्समा पाँचवटै गीत सोमवार यूट्युब मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।  'आउ आज', 'चि मुसी चि', 'सानो सानो कुरा', 'तिमीले माग्छौ भने' र 'हाँस्दा हाँस्दै' बोलका गीत चलचित्रमा रहेको छ ।

'चि मुसी चि' गीतमा सन्तोष पोखरेलका शब्द तथा करण राज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ । 'सानो सानो कुरा' गीतमा सुरज अधिकारीको शब्द–संगीत तथा तारा प्रकाश लिम्बुको स्वर छ । 'तिमीले माग्छौ भने'  बोलको गीतमा सुरज अधिकारीकै शब्द–संगीत छ भने अञ्जु पन्त र यूवराज चौलागाईँको स्वर रहेको छ । 'आउ आज' गीतमा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ भने अलमोडाले स्वर दिएका छन् । 'हाँस्दा हाँस्दै' गीतमा रेगन क्षेत्रीको शब्द–संगीत तथा शारिका घिमिरेको स्वर रहेको छ । यि मध्ये 'चि मुसी ची' र 'तिमीले माग्छौ भने' बोलका गीतको भिडियो यसअघि नै सार्वजनिक भईसकेका छन् । म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लागयतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको चलचित्र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । चलचित्रको प्रर्दशन मिति श्रावण ११ लाई तोकिएको छ ।

(अडियो जुकबक्स)