सुन्तली आफ्नो जन्मदिनमा बर्दिबास र रौतहतको नमुना बस्ती पुगिन्

असार, काठमाडौं ।

हाँस्य कलाकार तथा सामाजिक अभियान्ता कुञ्जना घिमिरे (सुन्तली)ले आफ्नो जन्मदिन मनाएकी छिन् । आज (शनिबार) परेको जन्मदिनको अवसरमा उनले बर्दिबासको एकिकृत नमुना मुसहर बस्ती र रौतहटको एकिकृत नमुना सन्तपुर बस्तीका स्थानियहरुसँग खुसी साटासाट गरिन् । साथै उनले उक्त बस्तीमा रहेका बालबालिकाहरुलाई कपिकलम समेत बितरण गरिन् ।

सुन्तलीले एकीकृत नमुना मुशहर बस्ती बर्दिबासका १ सय २० बालबालिका र रौतहटको एकीकृत नमुना सन्तपुर बस्तिका ५६ बालबालिका हरुलाई कपिकलम सहित बस्ती बासीहरु लाई मिठाई खुवाएर जन्म दिन मनाएकी छिन् ।

अहिले उनलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेहरुको ओइरो लागिरहेको छ । उनलाई सर्वसाधारण देखी धेरै सेलिब्रेटीहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

तस्बिर स्रोतः कुञ्जना घिमिरेको फेसबुक