बक्स अफिसमा सन्जूको धमाका , सँगै केही झुट साबित

...

<pre><b>असार, काठमाडौ ।</b> </pre><p style="text-align: justify; ">बलिउड चलचित्र सन्जूले प्रर्दशनको पहिलो दिनमै बक्स आफिसमा राम्रो कमाई गर्न सफल भएको छ । चलचित्रले पहिलो दिनमा ३४.७५ को कलेक्सन गरेको छ ।&nbsp; &nbsp;प्राय जसो यो चलचित्रकालागी सबै दर्शक उत्साहित थिए । चलचित्र कस्तो बनेको होला भन्ने कहुतुहल्ताका साथ संजय दत्तको गसिप हेर्नको लागी दर्शक हलसम्म पुगेका थिए ।&nbsp; चलचित्र परै संजय दत्तको&nbsp; निजी जीवनमा आधारित छ । रणवीर कपूरले संजय दत्तको भूमिका निभाएका छन् जसको तारिफ गरेर दर्शक थाकेका छैनन् ।&nbsp;</p><p style="text-align: justify; ">बताइए अनुसार चलचित्रमा सलमान खानको पनि रोल हुने कुराले पुरा बलिउड तातेको थियो ।&nbsp; सलमान खानको रोल अभिनेता जिम सराभले गर्ने भएका थिए ।&nbsp; तर यो कुरा गलत&nbsp; साबित भयो । चलचित्रको ट्रेलर लन्च भई सकेपछि संजय दत्तको रियल लाइफको लव अीफयर्सलाई लिएर पनि बलिउडमा खुब तहल्का मच्चिएको थियो । संजय दत्तको माधुरी दीक्षित संग पनि केही सम्बन्ध भएको कुराले खुब बलिउड तोकेको थियो । तर चलचित्रकमा माधुरीको नाम निसाना छैन् । बताइए अनुसार चलचित्रमा गोविन्दको पनि रोल थियो तर यो पनि झूटो साबित भएको छ ।&nbsp;<br></p>